तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशीलाई दिने प्रधानमन्त्रीको संकेत « Khabarhub

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशीलाई दिने प्रधानमन्त्रीको संकेत


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका तीनवटै अन्तरराष्ट्रिय विमानस्थल सञ्‍चालन जिम्मा विदेशी कम्पनीलाई जिम्मा लगाउने सङ्केत दिएका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनबारे सोधिएको प्रश्नको जवाफ दिँदै दाहालले तीनवटै विमानस्थल सञ्‍चालन जिम्मा विदेशी कम्पनीलाई दिनेबारे छलफल भइरहेको जानकारी दिएका हुन्‌ ।

‘आज बिहान मात्रै पनि मैले सम्बन्धित मन्त्रालयसँग पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्‍चालनको बारेमा अन्तरराष्ट्रिय समन्वयबारे छलफल गरेको छु,’ दाहालले भने, ‘केही सकारात्मक र उत्साहवर्द्धक प्रगति भइरहेको जानकारी पाएको छु ।’

पोखरा विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्‍चालन गर्न सार्वजनिक-निजी-साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्यसमिति गठन भएको प्रधानमन्त्रीले उल्लेख गरे । समितिबाट प्रतिवेदन र सिफारिस प्राप्त भएपछि अन्तरराष्ट्रिय विमानस्थलहरू सार्वजनिक-निजी-साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने उनले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्‍चालन गर्न सरोकारवालाहरूसँग छलफल र तदारुकताका साथ कार्य भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।

अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्‍चालन गर्नका लागि विभिन्न छुट तथा सहुलियतका साथै अन्य विषयमा पनि चासो व्यक्त गरेकाले ती विषयहरूमा छलफल र समन्वय भैरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

हाल नेपालमा त्रिभुवन, पोखरा र गौतमबुद्ध गरी ३ विमानस्थल छन्‌ । भारतले एअररूट नदिँदा गौतमबुद्ध र पोखरा विमानस्थल सञ्‍चालनमा बाधा परिरहेको छ ।

भारतीय स‌ंस्थापन भाजपानिकट गौतम अडानीको अडानी ग्रुपले नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन र व्यवस्थापन जिम्मा दिन लबिइङ गरिरहेको थियो । बैशाख १६ र १७ मा आयोजना गरिएको लगानी सम्मेलनमै अडानी ग्रुपले विमानस्थल जिम्मा दिने भएमात्रै सहभागी हुने अडान राखेको थियो । तर, नेपालका तर्फबाट ठोस तयारी नभएपछि अडानी सम्मेलनमा आएका थिएनन्‌ ।

यो पनि-

तीनवटै विमानस्थल ‘बेच्ने’ प्रचण्डको ‘प्लान’

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : २४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल