प्रधानमन्त्रीको जवाफ- निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन « Khabarhub

प्रधानमन्त्रीको जवाफ- निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय कार्यान्वयनमा ल्याइने छ ।’

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १ : १० बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको