संसद्‌मा आफूलाई अवमूल्यन गरिएको प्रधानमन्त्रीको गुनासो « Khabarhub

संसद्‌मा आफूलाई अवमूल्यन गरिएको प्रधानमन्त्रीको गुनासो


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा आफ्नो अवमूल्यन भएको भन्दै गुनासो गरेका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा प्रमुख प्रतिपक्षी र सत्तापक्ष दलकै नेता तथा सांसद्‌हरू उपस्थित नभएको भन्दै दाहालले आफ्नो अवमूल्यन भएको गुनासो गरेका हुन्‌ ।

दाहालले भने, ‘ सभामुख महोदय ! म जाँदाजाँदै एउटा कुरामा सबै माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।  हाम्रो सदनको एउटा परम्परा, प्रचलन या गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू, इमर्जेन्सी बाहेक सबै माननीय मन्त्रीहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो ।’

तर त्यो अब क्रमशः पातालिन थालेको दाहालले बताए । उनले अगाडी थपे, ‘यसले हामीले एउटा अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैँ आफैँले आफैँ आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वाससहित म बिदा हुन्छु, धन्यवाद !’

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १ : ५३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई