विश्वकपबारे रोहित : ब्याटिङ सोचेजस्तो भएन, गुलशनलाई गाली गर्नु ठिक होइन « Khabarhub

विश्वकपबारे रोहित : ब्याटिङ सोचेजस्तो भएन, गुलशनलाई गाली गर्नु ठिक होइन


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् ।

अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।

नेपालले समूह चरणका अन्तिम दुई खेलमा टेस्ट टोलीविरुद्ध बलिङतर्फ कडा टक्कर दिएको थियो । तर ब्याटिङक फ्लप सावित हुँदा ‘सुपर एट’मा नपुगी घर फर्किएको छ । एसोसियट राष्ट्रबाट अमेरिकाले अन्तिम ८ को यात्रा गरेको छ ।

बिहीबार भएको पत्रकार सम्मेलनका क्रममा रोहितले पिचको अवस्था र नेपालको ब्याटिङ लाइनअप चल्न नसक्दा हार भोग्न बाध्य भएको बताए । ‘त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले हारबारे व्याख्या गरे ।

ब्याटिङतर्फ गतिलो प्रदर्शन गर्न नसक्नु नै हारको कारण भएको पनि उनले स्वीकारेका छन् ।

पौडेलले कुनै पनि खेलाडी आफ्नै देशलाई हराउन मैदान नछिर्ने तर्क गरे । उनले देशलाई जिताउनकै लागि खेलाडीहरूले सक्दो कोसिस गर्ने पनि बताए । खेलाडीहरूलाई लगाइने अनावश्यक आरोपले मनोबल कमजोर हुने पनि उनले बताए ।

आगामी दिनमा क्रिकेटमा आउन चाहनेहरूलाई पनि यस्ता आरोपले असर गर्ने बताउँदै खासगरी गुलशन झाप्रति गरिएको टिप्पणी र आलोचना गलत रहेको उल्लेख गरे ।

पौडेलले गुलशनबारे नकारात्मक टिप्पणी र आलोचनाले अरु खेलाडीको पनि मनोबल खस्किने बताए ।

उनले गुलनशनकै योगदानले नेपाली क्रिकेट यहाँसम्म आएको बताउँदै यो विश्वकपबाट टोलीले धेरै सक्ने मौका पाएको पनि उल्लेख गरे ।

खासगरी बलियो राष्ट्रट दक्षिण अफ्रिकाविरुद्धको नतिजा ब्याटरकै कारण उम्किएको आरोप लागिरहेको छ । यस्तोमा गुलशनलाई उक्त म्याचको हारको दोष लगाउने गरिएको छ ।

‘उक्त खेलमा पराजयले फ्यानहरूभन्दा धेरै दु:खी गुलशन भएको थियो’, उनले भने, ‘फ्यानहरूले उनकै अगाडि तिमीले गर्दा नेपाल हारेको भनिदिए। त्यस्तो कुराले नराम्रो लागेको छ । अबदेखि त्यस्तो नहोस् । गुलशनकै कारण हामीले धेरै एक्सपोजर पायौँ ।’

रोहितले विश्वकपमा गुलशनले आफूले सक्दो कोसिस गरेको पनि बताए । गुलशनबारे जथाभावी टिप्पणी उचित नभएको पौडेलले पटक पटक दोहोर्‍याए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ३ : ३९ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार