पोखरामा योग दिवस उत्सवका नौ तस्बिर « Khabarhub

पोखरामा योग दिवस उत्सवका नौ तस्बिर


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पोखरा – पछिल्लो समय भारतले योग दिवशलाई विशेष रुपमा मनाउने गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा भारतीय दूतावासले नेपालका विभिन्न ठाउँमा स्थानीयलाई पनि सहभागी गराएर योग उत्सव मनाइरहेको छ ।

भारतीय राजदूतावासले पोखराका तीन चर्चित स्थानमा योग प्रदर्शनको आयोजना गरेको छ । दूतावासको पहल र आयोजनामा सरांकोट भ्यू पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर र अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग उत्सव कार्यक्रम गरेको हो ।

सहभागीहरूले अन्नपूर्ण हिम श्रृङ्खलाको दृश्य अवलोकन गर्दै रमणीय सरांकोट भ्यू पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो ।

पोखरानजिकैको पुम्दीकोटस्थित शिव मन्दिरमा योग प्रदर्शन गरिएको छ । पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ ।

दूतावासले पोखरा नजिकैको रमणीय अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शन आयोजन गरेको छ ।

यस वर्षको ‘स्वयम् र समाजका लागि योग’ भन्ने नारासहित यस प्राचीन अभ्यासका फाइदा लिन सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिस सहभागी थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ४ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको