पोखरामा योग दिवस उत्सवका नौ तस्बिर « Khabarhub

पोखरामा योग दिवस उत्सवका नौ तस्बिर


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पोखरा – पछिल्लो समय भारतले योग दिवशलाई विशेष रुपमा मनाउने गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा भारतीय दूतावासले नेपालका विभिन्न ठाउँमा स्थानीयलाई पनि सहभागी गराएर योग उत्सव मनाइरहेको छ ।

भारतीय राजदूतावासले पोखराका तीन चर्चित स्थानमा योग प्रदर्शनको आयोजना गरेको छ । दूतावासको पहल र आयोजनामा सरांकोट भ्यू पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर र अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग उत्सव कार्यक्रम गरेको हो ।

सहभागीहरूले अन्नपूर्ण हिम श्रृङ्खलाको दृश्य अवलोकन गर्दै रमणीय सरांकोट भ्यू पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो ।

पोखरानजिकैको पुम्दीकोटस्थित शिव मन्दिरमा योग प्रदर्शन गरिएको छ । पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ ।

दूतावासले पोखरा नजिकैको रमणीय अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शन आयोजन गरेको छ ।

यस वर्षको ‘स्वयम् र समाजका लागि योग’ भन्ने नारासहित यस प्राचीन अभ्यासका फाइदा लिन सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिस सहभागी थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ४ : ०७ बजे

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच