केपी ओलीलाई विश्वप्रकाशको चुनौती – कांग्रेसले गिरीबन्धुको एक टुक्रा जग्गा बेचेको प्रमाणित गर्नुस् « Khabarhub

केपी ओलीलाई विश्वप्रकाशको चुनौती – कांग्रेसले गिरीबन्धुको एक टुक्रा जग्गा बेचेको प्रमाणित गर्नुस्


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट प्रकरणमा आफूहरूको संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

बिहीबार नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले एक टुक्रा जग्गा बेचेको प्रमाण भेटिए आफूहरूविरुद्ध फाइल खोल्न ओलीलाई चुनौती दिए ।

‘गिरीबन्धु टी-स्टेट प्रकरणमा कांग्रेसले कमिशन खाएर एक टुक्रा जग्गा बेचेको प्रमाण छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, तपाईं सरकारमा हुनुहुन्छ । खोल्नुस् फाइल । बनाउनुस्, छानबिन समिति,’ शर्माले चुनौती दिँदै भने ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले विभिन्न समयमा कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर हिनामिना गरेको आरोप लगाइरहेका छन् ।

अध्यक्ष ओलीको आरोपलाई चुनौती दिँदै शर्माले फाइल खोलेर देखाउन र छानबिन समिति बनाउन चुनौती दिएका हुन् ।

उनले सहकारी प्रकरणमा छानबिन समिति बनेपछि गृहमन्त्रीले राजीनामा नदिएर नैतिकता नदेखाएको पनि जिकिर गरे । यद्यपि उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको प्रष्ट पारे ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ४ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार