समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गर्ने निर्णय « Khabarhub

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गर्ने निर्णय


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गर्ने निर्णय भएको छ । यसअघि कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय आज (बिहीबार) बसेको परिषद् बोर्ड बैठकले अनुमोदन गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले कार्यक्षेत्र प्रदेश तहमा विस्तार गर्नेसम्बन्धी निर्णय गरेको परिषद्‌ले जानकारी दिएको छ ।

परिषद्‌का अनुसार सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाइएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ ।

बैठकले परिषद्लाई थप व्यवस्थित गर्न डिजिटलाइजेशनमा लैजाने प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिएकी थिइन् ।

बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन समेत परिवर्तन गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ५ : ०८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको