असारको पहिलो साता ४२ अङ्कले घट्यो नेप्से, कारोबार १६ अर्ब « Khabarhub

शेयर बजार

असारको पहिलो साता ४२ अङ्कले घट्यो नेप्से, कारोबार १६ अर्ब


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–असार महिनाको पहिलो साता शेयर बजारका लागि सुखद रहेन । साताभरमा नेपाल स्टक एक्सजेञ्ज (नेप्से) ४२.९८ अङ्कले घट्यो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार २१११.२९ अङ्कमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा २०६८.३१ विन्दुमा झरेको हो ।

यो साता नेप्सेमा ४ दिनमात्र कारोबार भयो । ३ दिन बजार घट्यो भने एक दिन झिनो अङ्कले बढ्यो । सोमबार बकर इदका दिन सार्वजनिक बिदा हुँदा शेयर बजार बन्द रह्यो ।

४ दिनको कारोबारमा नेप्से ४२ अङ्कले घट्ता दैनिक औसत १०.७४५ अङ्कले घटेको छ । यो साता कारोबार अङ्क भने सकारात्मक देखिएको छ । ४ दिनमा १६ अर्ब ६७ करोड ६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सातामा दैनिक औसत ४ अर्ब १६ करोड ७६ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

यो साता ४ दिनको अवधिमा ३ करोड ६१ लाख ७७ हजार ५९४ कित्ता शेयर किनबेच भएको छ । दैनिक औसत ९० लाख ४४ हजार ३९८ कित्ता शेयर कारोबार भएको छ ।

सातामा जम्मा २ लाख ३० हजार २३ पटक शेयर किनबेच भएको छ । ४ दिनमा औसत दैनिक ५७ हजार ५०६ पटक शेयर किनबेच भएको छ ।

कुन दिन कस्तो रह्यो बजार ?
असारको पहिलो साताको पहिलो दिन २ गते आइतबार नेप्से १७ अङ्कले घटेको थियो । सो दिन १७.०४ अङ्कले घटेर २०९५.२५ विन्दुमा बन्द भएको नेप्से परिसूचक उच्चतम्‌ २११७.१५ र न्यूनतम २०९०.१३ विन्दुमा पुगेको थियो ।

आइतबार ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदा बजारमा उत्साह देखियो । बजार बन्द हुँदासम्ममा ५ अर्ब ४२ करोड २३ लाख ५६ हजार रुपैयाँको १ करोड २४ लाख ३३ हजार ८४६ कित्ता शेयर ७१ हजार ४८१ पटक किनबेच भएको थियो ।

सोमबार बकर इद परेकाले सार्वजनिक बिदा हुँदा नेप्से समेत बन्द भयो । नेप्से बन्द भएकाले उक्त दिन शेयर कारोबार भएन । तर, मंगलबार नेप्से कारोबार हुँदा घट्ने क्रम भने जारी रह्यो । मंगलबार नेप्से १८.७६ अङ्कले घटेर २०७६.४९ विन्दुमा झर्‍यो ।

मंगलबार नेप्से ०.८९ प्रतिशतले घट्दा परिसूचक उच्चतम्‌ २११७.१५ र न्यूनतम २०७३.९१ विन्दु रह्यो । आइतबारको तुलनामा कारोबारमा भने भारी मात्रामा गिरावट आयो ।

आइतबार ५ अर्ब रुपैयाँ बढीको कारोबार भएकोमा मंगलबार भने ४ अर्ब रुपैयाँमै सीमित रह्यो । मंगलबार ४ अर्ब ३ करोड ६९ लाख १० हजार रुपैयाँ बराबरको ८९ लाख १२ हजार ३३० कित्ता शेयर ५७ हजार ६३२ पटक किनबेच भयो ।

आइतबार र मंगलबार लगातार २ कारोबार दिन नेप्से दोहोरो अङ्कले घट्दा बुधबार भने झिनो अङ्कको नेप्सेमा करेक्सन देखियो । अन्तिम २ मिनेटमा नेप्से १.२७ अङ्कले बढ्यो ।

बुधबार नेप्से परिसूचक उच्चतम २०८६.८५ विन्दु र न्यूनतम २०७३.३४ विन्दुसम्म पुग्यो । मंगलबारको तुलनामा बुधबार पनि कारोबार १ अर्ब रुपैयाँले घट्यो । बुधबार ३ अर्ब ३६ करोड ६९ लाख ८ हजार रुपैयाँ बराबरको ६८ लाख ३२ हजार ५५० कित्ता शेयर ४८ हजार ३४४ पटक किनबेच भयो ।

नेप्सेको वियर ट्रेन्ड साताको अन्तिम कारोबारको दिन पनि जारी रह्यो । बिहीबार नेप्सेमा दोहोरो अङ्कको गिरावट आयो । बिहीबार नेप्से १०.४४ अङ्कले घटेर २०६८.३१ विन्दुमा पुग्यो ।

बिहीबार नेप्से परिसूचक उच्चतम २०८६.८५ र न्यूनतम २०६३.९० विन्दुमा पुगेको थियो । बिहीबार ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर ५३ हजार १७ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : ४२ बजे

विशेषलाई चुनौती दिँदै सर्वोच्चमा अख्तियार, पूर्वसचिव भीम उपाध्यायसहित जेन-जीका हस्ताक्षरकर्ता भोजविक्रम पनि प्रतिवादी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी

गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउँछौँ : मन्त्री घिसिङ

कास्की– भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो