भुटानमा पनि अडानी समूह : ५७० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने « Khabarhub

भुटानमा पनि अडानी समूह : ५७० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय खर्बपति गौतम अडानीले भुटानमा निर्माणाधीन ५७० मेगावाटको हाइड्रो पावरमा लगानी गर्ने भएका छन्।

अडानी समूहले चुखा जिल्लामा बन्न लागेको ५७० मेगावाटको हरित जलविद्युत आयोजनाका लागि ड्रुक ग्रीन पावर कर्पोरेशन लिमिटेड (डीजीपीसी) सँग सम्झौता गरेको छ ।

अडानी समूहका अध्यक्ष गौतम अडानीले यही जुन १६ मा भुटान भ्रमणका क्रममा त्यहाँका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र प्रधानमन्त्री दाशो छिरिङ तोब्गेलाई भेटेका थिए । 

अडानीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै आफू भुटानी राजाबाट प्रभावित भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘म भुटानका लागि उहाँको दृष्टिकोण र ठूला कम्प्युटिङ सेन्टर र डाटा सुविधा समावेश गर्ने गेलेफु माइन्डफुलनेस सिटीबारे उहाँको महत्वाकांक्षी पर्यावरण–मैत्री मास्टरप्लानबाट प्रेरित छु । कार्बन नेगेटिभ राष्ट्रका लागि यी पहलहरू र हरित ऊर्जा व्यवस्थापनमा सहकार्य गर्न म तत्पर छु ।’

अडानी समूहले श्रीलंकामा पनि गत महिना ग्रीन एनर्जीसँग मिलेर वायु ऊर्जा केन्द्र विकास गर्न स्वीकृति लिइसकेको छ ।

श्रीलंका सरकारसँगको सम्झौताअनुसार अडानी ग्रीन एनर्जीले श्रीलंकाको मन्नार र पुनारिनमा हावाबाट चल्ने ऊर्जा स्टेशनहरू निर्माण गर्नेछ । यसका लागि दुवै पक्षले २० वर्षे विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । 

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ७ : ५७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस