सहकारीमार्फत आलुको कारोबार « Khabarhub

सहकारीमार्फत आलुको कारोबार


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत एक करोड २१ लाखको आलुको कारोबार भएको छ ।

कार्यालयले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

उक्त कार्यक्रमका लागि एक करोड ४० लाख विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ ।

सहकारीमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताए ।

सो कार्यक्रममार्फत सहकारीले प्रशोधनयोग्य ९१ दशमलव ८८ मेट्रिकटन बीउ खरिद गरी कृषकलाई वितरण गरिएको थियो । त्यस्तै तराजु, ड्याङ बनाउने मेसिन तथा क्रेट खरिद गरिएको छ ।

यस्तै दुई सय ३५ मिटर पक्की कुलो निर्माण, एक हजार ६ सय ८३ मिटर पाइप तथा तीनवटा पम्प खरिद गरिएको छ ।

बाह्र सहकारीमार्फत सञ्चालित उक्त कार्यक्रमबाट चार सय ६० परिवार लाभान्वित भएका प्रमुख लामिछानेले बताए ।

केन्द्रले घिरिङ गाउँपालिका–१ को उर्वर कृषि सहकारी संस्थालाई सात लाख २९ हजार, व्यास नगरपालिका–६ को श्याम्घा साना सिँचाइ कृषि सहकारी संस्थालाई ११ लाख ४९ हजार, व्यास–७ को स्थित चउर कृषक समूहलाई तीन लाख २९ हजार, व्यास–९ को कुसुमे उद्यमशील कृषक समूहलाई चार लाख ३० हजार रुपैयाँ अनुदान दिएको छ ।

यस्तै, भानु नगरपालिका–५ को भानु सहकारी संस्थालाई तीन लाख ५८ हजार, भानु–७ को थानीमाइ कृषक समूहलाई दुई लाख ३४ हजार, भिमाद नगरपालिका–१ को डुम्रीबेंसी कृषि उत्पादक सहकारी संस्थालाई पाँच लाख ५८ हजार, भानु–८ को देउराली कृषक समूहलाई ६ लाख २१ हजार, भानु–५ को प्रतिज्ञा कृषि सहकारी संस्थालाई दुई लाख ९२ हजार तथा व्यास–९ को राजापानी कृषक समूहलाई नौ लाख ४४ हजार रुपैयाँ अनुदान दिइएको दिइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : ४० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको