संसारका शरणार्थीको सकस : न गरी खानु, न मरी जानु | Khabarhub Khabarhub

संसारका शरणार्थीको सकस : न गरी खानु, न मरी जानु

खराब राजनीतिले थोपरेको त्रासदी



यदि तपाईंलाई कसैले अपराधी, परजीवी, सुँगुर, राहु, शोषक अनि यस्तै जस्तो विशेषण प्रयोग ग-यो भने कस्तो लाग्छ ? पक्कै मुटु चिरिन्छ। तर यो विशेषण तपाईंलाई त्यतिबेला सामान्य लाग्छ, जब तपाईंको पुर्पुरोमा शरणार्थी नामको उपमाले घर जमाउँछ। शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोगद्वारा प्रकाशित ‘शरणार्थी’ नामक पुस्तकबाट माथि भनिएका शब्द झिकिएका हुन। शरणार्थी समस्याको मूल जड भनेको राजनीति नै हो।

राजनीतिबाहेक जातीय दंगा, धर्म र भूभागका लागि लड्ने राष्ट्रले पनि शरणार्थी समस्या उब्जाएका छन्। जातीय दंग, धर्म र भूभागका लागि लड्नेबिच प्रत्यक्ष राजनीति नदेखिए पनि अप्रत्यक्ष राजनीतिका लागि राजनीतिज्ञले नै पर्दा पछाडिबाट यस्ता क्रियाकलाप सञ्चालन गरिरहेका हुन्छन्। अपवादका रुपमा ज्यादै न्यून मानिसलाई मात्रै खडेरी अतिवृष्टि, अनावृष्टि, बाढी, डढेलो जस्ता प्राकृतिक प्रकोपले शरणार्थी बनाएको छ।

शरणार्थी र गृहयुद्ध प्रेसका लागि समाचारका लागि राम्रा स्रोत बन्न सक्छन्। तर मानवीय दृष्टिले भने उनीहरुको जीवन अत्यन्त कष्टपूर्ण छ ।

शरणार्थी र गृहयुद्ध प्रेसका लागि समाचारका लागि राम्रा स्रोत बन्न सक्छन्। तर मानवीय दृष्टिले भने उनीहरुको जीवन अत्यन्त कष्टपूर्ण छ । राष्ट्र र जनतालाई भने यो समस्याले शून्यको अवस्थामा घचेटछ। ग्वाटेमाला, सियरालियोन, भियतनाम, म्यानमार, युगाण्डा, सुडान, सोमालिया, यमन र केन्या जस्ता देशमा भएको गृहयुद्धले मानिस थातथलो छोड्न बाध्य भए।

गृहयुद्ध हुनुपूर्व देशको स्थिति कस्तो थियो ? युद्धपछि कस्तो स्थिति छ ? कस्ता राजनीतिक खेलबाट युद्धको श्रीगणेश भयो ? अनि यस्तै प्रश्नको उत्तर गहिरिएर खोज्ने हो भने भयावह उत्तर अगाडि उभिन्छ। यहाँ भने केही देशमा उब्जिएको गृहयुद्धको आगोले जन्माएका शरणार्थीको बारेमा चर्चा गरिन्छ।

भुटानी शरणार्थी
एक तथ्यांकअनुसार भुटानमा नेपाली मुलका बासिन्दाको संख्या ५१ प्रतिशत छ। उत्तरी भुटानमा डुक्पाको बाहुल्य छ भने दक्षिणी भुटानमा नेपाली भाषीको। सन् १९८७ सम्म भुटान सरकारले नेपाली भाषीमाथि कुनै भेदभाव गरेका थिएन। दशैंले राष्ट्रिय पर्वको मान्यता पाएको थियो। सम्पूर्ण भुटानमा नेपाली भाषा पढाइन्थ्यो। तर जब भुटानमा छैठौं पञ्चवर्षीय योजनाको सन् १९८७ देखि १९९२ खाका बनाइँदै थियो, त्यतिबेला देशमा पश्चिमा प्रभाव परेको अड्कल काटियो। त्यही खाकाबाट नै नेपाली भाषीमाथि भेदभाव सुरु गरियो।

सन् १९५८ मा लागू भएको नागरिकता कानुन खारेज गरेर सन् १९८५ मा बनेको नागरिकता ऐनलाई प्रभावकारी तुल्याइयो। यो ऐनले नेपाली भाषीको नागरिकतालाई वैधानिकता प्रदान गर्न सकेन। फलस्वरुप नेपाली मूलका बासिन्दा आफ्नै देशमा देशबिहीन हुन पुगे। सन् १९८८ मा आचारसंहिता लागू गर्न शाही विज्ञप्ति आएपछि नेपाली भाषीबीच जातीय भूकम्प गयो। त्यहाँ बस्नै नसक्ने भएपछि तिनीहरु नेपाल आएर दशकौं संघर्षपूर्ण जीवन बिताउन बाध्य भए। हजारौं शरणार्थी अहिले नेपालबाट तेस्रो देश पुनर्बासका लागि पुगेका छन् भने कति नागरिकताबिहीन रहेर अहिले पनि नेपालमै दुखजिलो गरेर जीवन घिसारिरहेका छन्।

तिब्बती शरणार्थी
तिब्बतले आफूलाई स्वतन्त्र राष्ट्रका रुपमा लिएको छ। तर चीनले तिब्बतलाई आफूलाई अभिन्न अंगका रुपमा प्रयोग गरिरहेको छ। तिब्बत र चीनबिच राजनीतिक मतभेद भएपछि सन् १९५९ मार्च १० तारिखका दिन चीनले तिब्बतमाथि हमला ग-यो। तिब्बतका तात्कालीन राष्ट्राध्यक्ष चौधौं दलाई लामाले तिब्बतबाट भागेर भारतमा राजनीतिक शरण लिइरहेका छन्।

चिनियाँ सेना र दलाई लामाका सेनाको भिडन्त हुँदा थुप्रै तिब्बती भागेर विभिन्न देशमा शरण लिन पुगेका छन्। भागेर शरणार्थी जीवन बिताउनेहरु नेपाल २५ हजार, भुटान २ हजार, स्वीट्जरल्याण्ड २ हजार, भारत १ लाख, अमेरिका १५ हजार र क्यानडा ७ सय रहेका छन्। नेपालको तनहुँ, कास्की, ताप्लेजुङ, सोलु, मुस्ताङ, हुम्ला, जुम्ला, दार्चुला आदि जिल्लामा तिब्बती शरणार्थी छन्।

भारतको आसाम, महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली आदि स्थानमा चक्मा शरणार्थी रहेका छन्। धेरैजसो शरणार्थी आफ्नो देश फर्किसकेका छन्।

चक्मा शरणार्थी
सन् १९७३ को आसपासमा बंगलादेशमा शान्ति बाहिनी नामका गुरिल्लाले स्वतन्त्र राज्यको माग गर्दै हतियार उठाए। शान्ति बाहिनीले जंगल छोडेर ५५ सय वर्ग किलोमिटर स्वतन्त्र राज्यको माग गरेका थिए। त्यो विद्रोहमा ८५ सय मानिस मारिएका थिए। झण्डै ६३ हजार बंगलादेशी शरणार्थीको आवरणमा भारत प्रवेश गरे। भारतको आसाम, महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली आदि स्थानमा चक्मा शरणार्थी रहेका छन्। धेरैजसो शरणार्थी आफ्नो देश फर्किसकेका छन्।

कुर्द शरणार्थी
इराकका तात्कालीन राष्ट्रपति सद्दाम हुसेनले कुवेतमाथि गरेको आक्रमण गलत थियो भन्दै पश्चिमी इराकका बासिन्दाले राष्ट्रपति विरुद्ध प्रदर्शन गरे। ती मानिस टर्कीस मुलका कुर्द जाति थिए। इराकी राष्ट्रपतिलाई यो कुरा सह्य नभएपछि उनले सन् १९९१ मा कुर्दमाथि सशस्त्र हमला गरे। हमला गरेको क्षेत्र इराक र टर्कीको बोर्डर नजिकैको भूभाग थियो। इराकबाट भागेर ७० हजार कुर्दहरु शरणार्थीको रुपमा टर्की पसे। टर्की बाहेक क्यानडा, अस्ट्रेलिया, डेनमार्क, स्वीडेन र नर्वेमा कुर्दले शरणार्थी जीवन बिताए।

तमिल शरणार्थी
श्रीलंकाको कुल जनसंख्याको १७ प्रतिशत जनता भारतीय मूलका तमिल छन् भने बाँकी रैथाने सिंहाली छन्। तमिल हिन्दु र सिंहाली बौद्धमार्गी हुन्। तमिलले आफूलाई सिंहाली सरकारले उपेक्षा, थिचोमिचो र भेदभाव गरेको कारण जनाई सन् १९४८ मा पहिलोपल्ट स्वतन्त्र राज्यको माग गरे। तमिलको संगठन लिवरेसन टाइगर्स अफ तमिल ईलम संसारकै दरिलो आतंकवादी संगठनको रुपमा परिचित छ। यसको नेता भेल्लु पिल्लई प्रभाकरण हुन्। सन् १९८३ मा १३ हजार योद्धा एलटीटीईसँग आवद्ध भएपछि सरकार र तमिलको भिडन्त सुरु भयो।

तात्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको सक्रिय नेतृत्वसँगै गृहयुद्ध समाप्तिसँगै ठूलो संख्यामा तमिल समुदायले क्यानडा र अस्ट्रेलिया पुगे। तमिलनाडुमा भारतीय मूलका श्रीलंकाली तमिल र आप्रवासी श्रीलंकाली तमिल बस्छन्। धेरै पहिला भारतमा स्थापित भएका तमिल बाहेक अधिकांश गरिबीको रेखामुनि छन्। १९औं शताब्दीभर र २० औं शताब्दीको पूर्वाद्धमा केही श्रीलंकाली तमिल विशेषगरी जाफ्ना प्रायद्वीपबाट शिक्षा, रोजगार र व्यापारको खोजीमा भारत प्रवेश गरे।

इथियोपियाली शरणार्थी
पृथक राज्य इरिट्रियाको मागरी राखी इथियोपियाभित्र ‘इरिट्रियन मुक्ति योद्धा’ नामको संघले सन् १९७० मा सरकारलाई चुनौती दियो। इथियोपियाली सरकार विद्रोही समूहको सशस्त्र संघर्ष भयो। युद्धबाट आक्रान्त ७६ हजार ५ सय इथियोपियाली सुडान पसे। त्यसैगरी डेढ लाख इरिट्रियाली पनि सुडान पसे। २३ वर्षसम्मको रक्तपातपूर्ण संघर्षपछि सन् १९९३ मा इथियोपियाबाट इरिटिया मुक्त भयो। अहिले सबै घर फर्किए।

कम्बोडियन शरणार्थी
पोलपोट चुनाव लडेर सन् १९७५ मा कम्बोडियाको राष्ट्रपति भए। साम्यवादी शासन स्थापनार्थ सशस्त्र संघर्षका नाममा उनले सहरका बासिन्दालाई गाउँ लखेटे। आमूल क्रान्तिको नाममा उनले सन् १९७५ देखि १९७९ सम्मको अवधिमा देशै उजाड हुने गरी झण्डै एक करोड मानिसको हत्या गरेर देशलाई शून्यको स्थितिमा पु-याए।

पोलपोटको संगठनको नाम खमेरुज हो। सन् १९७९ मा पोलपोटको हातबाट सत्ता चिप्लिएर राजकुमार नरोदम सिंहानुकको हातमा गयो। यसमा नरोदमले पश्चिमाको सहयोग लिएका थिए। नरोदमले हुनसेनसँग मिलेर सत्ता साझेदारी गरे। हुनसेनले सत्ताको बागडोर आफ्नो हातमा लिई नरोदमलाई अपदस्त गरी निर्वाचनमा जान बाध्य गराए।

हुनसेन र नरोदमको फुनसीके पार्टीका समर्थक बीच झडप भयो। त्यसैले सन् १९९७ मा ४५ हजार कम्बोडियन देश छोडेर थाइल्याण्ड पुगे।

हुनसेन र नरोदमको फुनसीके पार्टीका समर्थक बीच झडप भयो। त्यसैले सन् १९९७ मा ४५ हजार कम्बोडियन देश छोडेर थाइल्याण्ड पुगे। हुनसेनले नरोदमलाई खमेरुजसँग मिलेर सत्ता आफ्नो हातमा पार्न षडयन्त्र गरेको आरोप लगाई अपदस्त गरेका थिए। खमेरुज माओवादीको त्यस्तो संगठन हो, जसले पोलपोटको शासनकालमा सर्वत्र आतंक मच्चाएको थियो। सन् १९९८ मा पोलपोटको मृत्यु भएपछि खमेरुजमा शिथिलता आएको थियो।

मोजाम्बिकल शरणार्थी
सन् १९७५ सम्म मोजाम्बिक पोर्चुगलको उपनिवेश थियो। स्वतन्त्रताका लागि भएको रक्तपातपूर्ण आन्दोलनपछि यो पोर्चुगलबाट स्वतन्त्र भयो। स्वतन्त्रता पछि मोजाम्बिकमा साम्यवादी शासन लागू भयो। तर अहिले बहुदलीय शासन व्यवस्था लागू भइसकेको छ। स्वतन्त्रताको युद्धपछि देशमा फ्रिलिमो सरकार, रिनाभो सरकार रिनाभो गुरिल्लाबिच राजनीतिक मतभेद उत्पन्न भएपछि दुवैतर्फबाट सशस्त्र युद्धको घोषणा भयो। १६ वर्षसम्म गृहयुद्ध कायम रह्यो। सन् १९९२ मा दुवै पक्षबिच शान्ति सम्झौता भएपछि स्थिति साम्य भएको छ। कुल जनसंख्याको १ तिहाई अर्थात १७ करोड मोजाम्बिकनले भलाबई र जाम्बियामा शरण लिएका थिए। युद्धले ग्रसित मोजाम्बिकलाई खडेरीले पनि हिर्कायो। धेरै वर्ष पानी नपर्दा ९० प्रतिशत कृषि कर्म ठप्प भए।

अफगान शरणार्थी
दुई सय वर्ष लामो राजतन्त्रात्म इतिहास भएको अफगानिस्तानमा सन् १९७३ मा राजा जाहिर शाहलाई अपदस्त गरेपछि राजतन्त्रात्मक शासन पद्धतिको अन्त्य भयो। सेनाको सहयोग लिएर जाहिरलाई अपदस्त गरेर राष्ट्रपति बनेका मोहम्मद दाउद सन् १९७८ मा मारिए। सन् १९७९ मा सोभियत संघको प्रत्यक्ष सैनिक हस्तक्षेपबाट अफगानिस्तानमा साम्यवादी सैनिक शासन लागू भयो। साम्यवादी शासनका विरोधी इस्लाम समूह (मुजाहिद्दिन) र सरकारबिच सशस्त्र संघर्षको सुरुवात भएपछि अफगानले देश छोड्न थाले। त्यसबेला त्यहाँ बाबरक करमल राष्ट्राध्यक्ष थिए।

साम्यवादी सरकारलाई पूर्व सोभियत संघले सहायता गरेको थियो। सरकार विरोधीलाई अमेरिकाले सहयोग गरेको थियो। मुजाहिद्दिनले आफ्नो संघलाई बलियो बनाउँदै लगे भने कार्यकर्तालाई पनि हतियारले सुसज्जित गराए। त्यतिन्जेलसम्म लाखौं शरणार्थीले पाकिस्तान र इरानमा शरण लिइसकेका थिए।

सन् १९९२ मा शासनको बागडोर मुजाहिद्दिनको हातमा प-यो। सन् १९९४ देखि तालिवान नामको कट्टरपन्थी इस्लामिक समूह देखाप-यो। यही शक्ति अहिले अफगानिस्तानको सत्तामा छ।

सन् १९८९ मा सोभियत संघका सैनिक फिर्ता भए। तिनीहरु साम्यवादी राज्यसत्ता स्थापनार्थ सन् १९७९ मा त्यहाँ पुगेका थिए। सन् १९९२ मा शासनको बागडोर मुजाहिद्दिनको हातमा प-यो। सन् १९९४ देखि तालिवान नामको कट्टरपन्थी इस्लामिक समूह देखाप-यो। यही शक्ति अहिले अफगानिस्तानको सत्तामा छ।

हुटु र टुट्सी शरणार्थी
बुरुण्डी-रुवाण्डामा हुटु र टुटसी जातका मानिस बसोबास गर्छन्। बुरुण्डीका राष्ट्रपति मेलचियरको सन् १९९३ अक्टुबर २१ को दिन हत्या भयो। हत्याको आरोप प्रत्यारोपमा हुटु र टुटसीबिच युद्ध सुरु भयो। त्यो युद्धमा सात लाख हुटुहरु मारिए। रुवाण्डा, तान्जेनिया र जायर (अहिलको प्रजातान्त्रिक गणराज्य कंगो) मा बुरुण्डी र रुवाण्डाका बासिन्दा विस्थापित भए। ६ अप्रिल सन् १९९४ का दिन तान्जेनियाको दारुसेलमबाट सम्मेलनमा भाग लिई फर्किरहेका रुवाण्डाका राष्ट्रपति जेभेनेल हत्यारिमान र बुरुण्डीका राष्ट्रपति साइप्रियन नटार्यामाइरा रुवाण्डाको राजधानी किगालीमा मारिए।

रुवाण्डा र बुरुण्डीमा टुट्सी अल्पसंख्यक र हुटुहरु बहुसंख्यक रहेका छन्। हुटुहरुको लडाकु समूह याटियोटिक फ्रन्ट र टुटसीका रुवाण्डा प्याटियोटिक फ्रन्टसबिच जातीय दंगा सुरु भयो। कुल जनसंख्याको आधा जनसंख्या शरणार्थीका रुपमा विस्थापित भयो।

रोहिंज्या शरणार्थी
म्यानमारमा अल्पसंख्यक रोहिंज्या शरणार्र्थी र सरकारी सेनाबिच भएको द्वन्द्वपछि करिब दश लाख रोहिंज्या शरणार्र्थी रखाइन राज्यबाट लाखौंको संख्यामा भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका छन्। यसबाहेक एसियाली मुलुक मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स र केही शरणार्थी नेपालमा पनि आएका छन्।

सन् २०१७ मा गरिएको सैन्य कारबाहीपछि झन्डै सात लाख ५० हजार रोहिंज्यालाई द्वन्द्वग्रस्त राखाइन राज्यबाट मुलुक छोडेर भाग्न बाध्य पारिएको आरोपमा अहिले म्यानमारले संयुक्त राष्ट्रको उच्च अदालतमा नरसंहार आरोपको सामना गरिरहेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ८ : ०० बजे

दोस्रो दिन पनि रविसँग बयान, पहिलो दिन अस्वीकार गरेका थिए आरोप

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

भारतीय पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा

नयाँदिल्ली– सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये

दुग्ध क्षेत्रको विकास गर्न हेफर र कृषि मन्त्रालयबीच समझदारी 

काठमाडौं –दुग्ध क्षेत्रको विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

सिमकोट – सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका

घोराहीमा चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

देउखुरी – दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने