पर्यटकको रोजाइमा कास्कीको कोरी (फोटो फिचर) « Khabarhub

पर्यटकको रोजाइमा कास्कीको कोरी (फोटो फिचर)


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – एक सुन्दर ठाउँ, प्रकृतिको खानी, अझ भनौ स्वर्गको एक टुक्रा हो कोरी। कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा पर्ने कोरी छोटो पदयात्रा गर्न चाहनेका निम्ति खास गन्तव्य बन्दै गएको छ। पछिल्लो समय कोरीको पदयात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन्।

सिक्लेसबाट सुरु हुने पहिलो दिनको पैदल यात्रा त्यति सहज छैन। तर अहिले जलविद्युत उत्पादनका लागि सडक पुगेको हुनाले जिपमा यात्रा गर्न सकिन्छ। तर कोरीसम्म भने सडक पुगेको छैन। यहाँको स्थानीयता, भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा अवलोकन गर्दै सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदल यात्रा तय गर्न सकिन्छ।

सिक्लेसपछिको पहिलो रातको बसाइ ‘तसा खर्क’ मा हुन्छ। तसा खर्कको होटलमा अर्को दिनको बिहानको खाजा खाएपछि कोरीतर्फको यात्रा सुरु हुन्छ। करिब तीन घण्टाको जंगलको यात्रापछि खाना खान ‘च्येका ल्हि’ पुगिन्छ ।

च्येका ल्हिमा खाना खाएपछि भने उकालो यात्रा सुरु हुन्छ। तीन हजारदेखि ३५ सय मिटरको उचाइमा चारैतिर मनमोहन दृश्य देख्न पाइन्छ। कोरी पुग्दा प्रकृतिका मनमोहक दृश्यले थकान र भोक सबै हराएको महसुस हुन्छ।

कोरीबाट ६ हजार ९८८ मिटरको लमजुङ हिमाल, सात हजार ९३७ मिटरको अन्नपूर्ण दोस्रो, ६ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र आठ हजार १५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ। जसले जोकोहीलाई पनि मन्त्रमुग्न बनाउने गर्दछ।

पदयात्रामा राम्रो र व्यवस्थित बासको व्यवस्था नहुँदा भने कुनै कुनै दिन सुत्ने ठाउँ पाउन समेत मुस्किन हुन्छ। कोरी पदमार्गमा व्यवस्थित बसोबासका लागि होटलको व्यवस्थापन भने चुनौती बन्ने गरेको छ।

व्यवस्थापन चुस्त हुने र होटलको संख्या बढ्ने हो भने कोरीलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सक्ने ठूलो सम्भावना देख्न सकिन्छ।

कोरी अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ पैदल यात्रीले धेरै कुरामा भने ध्यान दिनु पर्ने हुन्छ। सकेसम्म यात्रीले गाइड लिने वा समूहमा यात्रा गर्नुपर्छ। पानी, टर्च लाइट, लठ्ठी र न्यानो लुगा अनिवार्य रुपमा बोक्नुपर्छ। यो क्षेत्रमा कालो भालु अधिक पाइने हुनाले यात्रामा सचेत बन्नुपर्छ। क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी

तस्बिरः क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : ५४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद