वीरगञ्ज महानगरबाट ६१ करोड ४७ लाख राजस्व सङ्कलन « Khabarhub

वीरगञ्ज महानगरबाट ६१ करोड ४७ लाख राजस्व सङ्कलन


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको छ ।

महानगरले सङ्कलन गरेको उक्त राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा चार करोड ४५ लाख ४३ हजार नौ सय ३० रुपैयाँले बढी हो ।

महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व सङ्कलन गरेको बताए ।

‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व सङ्कलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ’, उनले भने, ‘आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो ।’

राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । ‘गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व सङ्कलनमा पनि परेको छ’, उनले भने ।

महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा महानगरले २० करोड ६ लाख ८४ हजार राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ ।

महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ एक अर्ब आठ करोड ९२ लाख विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रकम खर्च गर्न सकेको हो ।

त्यस्तै चालु खर्चतर्फ दुई अर्ब ५६ करोड ५८ लाख बजेट विनियोजनमध्ये एक अर्ब ७५ करोड ६९ लाख रकम खर्च गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ११ : १८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा