करिब चार लाख पशु चौपायालाई खोप « Khabarhub

करिब चार लाख पशु चौपायालाई खोप


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कैलाली– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले तीन लाख ८३ हजार सात सय पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ ।

विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा, गाईगोरु, बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।

एक लाख ४१ हजार छ सय गाईगोरु र भैँसी र राँगालाई खोरेतविरुद्धको खोप तथा एक लाख ९६ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर, १० हजार गाईगोरुलाई लम्पीस्किनविरुद्धको खोप र १५ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाइएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा दुई लाख ४१ हजार खोरेतविरुद्धको खोप, एक लाख ७० हजार पीपीआर, २५ हजार क्लासिकल स्वाइन फिवर, २३ हजार लम्पीस्किनविरुद्धको खोप र एक लाख रानीखेत खोप लगाउने लक्ष्य छ ।

खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिएको प्रमुख डा. अवस्थीको भनाइ छ । आव २०७९–८० मा विज्ञ केन्द्रले जिल्लाका सबै स्थानीय तहका ५ लाख ५३ हजार तीन सय ९१ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ११ : २३ बजे

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम