ओसामा बिन लादेनका सहयोगी पक्राउ « Khabarhub

ओसामा बिन लादेनका सहयोगी पक्राउ


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अल कायदाका संस्थापक एवम् सेप्टेम्बर ११ हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको नजिकका सहयोगीलाई पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

पञ्जाबको आतङ्कवाद विरोधी विभागले गुजरात सहरबाट अमिन उल–हकलाई पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।

आतङ्कवाद विरोधी विभागका प्रमुख उस्मान अकरम गोनादालले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उल हकलाई संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घले अल–कायदा र बिन लादेनको सहयोगीको रूपमा सूचीबद्ध गरेको जनाएका छन् ।

अफगानिस्तानबाट पश्चिमी नेटो सेना फिर्ता भएपछि उनी फेरी देखा परेका थिए । उनले अगस्टमा अफगानिस्तानको भ्रमण गरेर अल–कायदाको पुनर्गठन गर्ने प्रयास सुरु गरेका थिए ।

नेटो समर्थित अमेरिकी सेनाले सेप्टेम्बर ११ को आक्रमणमा संलग्न अल–कायदाका लडाकुहरूलाई हस्तान्तरण गर्न अस्वीकार गरेको भन्दै सन् २००१ मा तालिबानको पहिलो शासनलाई अपदस्थ गरेको थियो ।

आक्रमणका प्रमुख योजनाकर्ता बिन लादेन पछि पाकिस्तानमा बसेको पत्ता लागेको थियो । उनी सन् २०११ मा अमेरिकी कारबाहीमा मारिएका थिए ।

 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १२ : ३९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया