गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस भेटियो « Khabarhub

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस भेटियो


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस भेटिनु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसंघका मानवतावादीहरूले शुक्रबार बताएका छन् । 

यो भाइरसले विशेष गरी खोप नलगाएका र शारीरिक रुपमा कमजोर बच्चाहरूमा पक्षाघात निम्त्याउन सक्ने जनाइएको छ ।

“विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले खान युनूसदेइर अल बलाह सहरबाट संकलन गरेका छ वटा वातावरणीय नमूनामा पोलियोको दोस्रो भेरियन्टको भाइरस फेला परेको जनाएको छ“, मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय ९ओसिएचए०ले भन्यो, “हालसम्म कुनै पक्षाघातका घटनाहरू भने पत्ता लागेको छैन।“ 

ओसिएचएले गाजाको आश्रय स्थानहरूमा बढ्दो भीडभाड, सफा पानीको अभाव, सरसफाई र स्वच्छताको खराब अवस्थाले निम्त्याएको सङ्क्रामक रोगहरूको फैलावटप्रति चिन्ता व्यक्त गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले आफ्नो एजेन्सी, युनिसेफ, प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (यूएनआरडब्लुए) र गाजा स्वास्थ्य मन्त्रालयले पोलियो भाइरस सङ्क्रमणको दायरा बुझ्न यसको जोखिम मूल्यांकन गरिरहेको बताए। 

उनले गाजाको स्वास्थ्य प्रणालीको विनाश, चिकित्सा आपूर्तिको अभाव, जनसङ्ख्याको निरन्तर विस्थापन, कमजोर सरसफाइ , पानीको खराब गुणस्तर  र सुरक्षाको अभावले पोलियोलगायत ’खोप-रोकथाम योग्य’ रोगहरूको जोखिम बढाइरहेको चेतावनी दिए।  

गाजामा अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि श्वासप्रश्वास नलीमा सङ्क्रमणका लगभग दशलाख घटनाहरू पुष्टि भएको र अन्य सङ्क्रामक रोगहरू बढ्दै गएको डब्ल्यूएचओको जुलाई ७ सम्मको अध्ययनले जनाएको छ। 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ३ : ०७ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ