कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही « Khabarhub

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारका उनले शीर्ष नेताहरूले सुजबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् ।

सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस-एमाले गठबन्धन अन्तिम विकल्प रहेको उनले बताए ।

उहाले कांग्रेस-एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे । सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ । 

मन्त्री शाहीले वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएको उल्लेख गर्दै सुशासन, राजनीतिक स्थायित्व र विकास दिएर देशलाई अग्रगतिमा लैजाने धारणा राखे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइको हाराहारीमा विश्वासको मत पाउने दावी गर्दै विश्वासको मत प्राप्त गरेसँगै देशलाई अगाडि बढाउने गरी वृहत कार्यक्रम आउने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार