बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनप्रति अनेरास्ववियुको ऐक्यवद्धता « Khabarhub

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनप्रति अनेरास्ववियुको ऐक्यवद्धता


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउदै काठमाडौंमा प्रदर्शन गरेको छ । 

बङ्गलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले विद्यार्थी हत्या बन्द गर, बंगलादेशका विद्यार्थीलाई समर्थन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुकी अध्यक्ष आरती लामाले बंगलादेशमा विद्यार्थीहरुमाथि भइरहेका दमन र हत्याको विरोध र आन्दोलनरत विद्यार्थी संगठनको पक्षमा समर्थन रहेको बताए ।

उनले वंगलादेशका विद्यार्थीहरूको समर्थनमा विश्वका विद्यार्थी संगठनहरु गोलबन्द हुन जरुरी रहेको उल्लेख गरे ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको