बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनप्रति अनेरास्ववियुको ऐक्यवद्धता | Khabarhub Khabarhub

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनप्रति अनेरास्ववियुको ऐक्यवद्धता


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउदै काठमाडौंमा प्रदर्शन गरेको छ । 

बङ्गलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले विद्यार्थी हत्या बन्द गर, बंगलादेशका विद्यार्थीलाई समर्थन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुकी अध्यक्ष आरती लामाले बंगलादेशमा विद्यार्थीहरुमाथि भइरहेका दमन र हत्याको विरोध र आन्दोलनरत विद्यार्थी संगठनको पक्षमा समर्थन रहेको बताए ।

उनले वंगलादेशका विद्यार्थीहरूको समर्थनमा विश्वका विद्यार्थी संगठनहरु गोलबन्द हुन जरुरी रहेको उल्लेख गरे ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : ५४ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड