विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो « Khabarhub

विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् । 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ७ : १३ बजे

दसैँको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

भक्तपुर– चारैतिर दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्नेको भीड

विवादित अडियो प्रकरण : सांसद सुनारले रास्वपा अनुशासन आयोगलाई बुझाए लिखित जवाफ

काठमाडौँ– एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’

काठमाडौं– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा