धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी « Khabarhub

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० वटा उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कार्यालयमा दर्ता भएका मध्ये दुई सय ७८ उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको तथा त्यसमध्ये ४० वटा उजुरी फछ्र्यौट भएको जानकारी दिए । बाँकी उजुरीमा आवश्यक कारबाही तथा फर्छ्यौट प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

यसैगरी गत आवमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी एक हजार एक सय ४५ वटा निवेदन दर्ता भएकामा छ सय दुईवटा मुद्दा फर्छ्यौट भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । यसक्रममा २५ बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गराइएको र रु २४ करोड ५९ लाखभन्दा बढी रकम रकम असुल गराइएको थियो ।

सोही अवधिमा आठ सय ७९ फरार प्रतिवादी पक्राउ गर्न सफल भइएको तिवारीले बताए । साथै भन्सार चोरी–निकासीबाट रु नौ करोड ५६ लाख तीन हजारभन्दा बढी रकम राजस्व सङ्कलन गरिएको, ठूलो मात्रामा लागुऔषध जफत, जनकपुरको विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटिभी जडान तथा ६२ वटा मर्मत गराइएको कार्यालयले जनाएको छ ।

गत आवमा एक हजार ९० वटा सवारी दुर्घटना, ७३ जनाको मृत्यु, चार सय पाँचजना गम्भीर घाइते तथा एक हजार तीन सय २० जना सामान्य घाइते भएका प्राप्त विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : ०७ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त