धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी « Khabarhub

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० वटा उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कार्यालयमा दर्ता भएका मध्ये दुई सय ७८ उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको तथा त्यसमध्ये ४० वटा उजुरी फछ्र्यौट भएको जानकारी दिए । बाँकी उजुरीमा आवश्यक कारबाही तथा फर्छ्यौट प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

यसैगरी गत आवमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी एक हजार एक सय ४५ वटा निवेदन दर्ता भएकामा छ सय दुईवटा मुद्दा फर्छ्यौट भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । यसक्रममा २५ बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गराइएको र रु २४ करोड ५९ लाखभन्दा बढी रकम रकम असुल गराइएको थियो ।

सोही अवधिमा आठ सय ७९ फरार प्रतिवादी पक्राउ गर्न सफल भइएको तिवारीले बताए । साथै भन्सार चोरी–निकासीबाट रु नौ करोड ५६ लाख तीन हजारभन्दा बढी रकम राजस्व सङ्कलन गरिएको, ठूलो मात्रामा लागुऔषध जफत, जनकपुरको विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटिभी जडान तथा ६२ वटा मर्मत गराइएको कार्यालयले जनाएको छ ।

गत आवमा एक हजार ९० वटा सवारी दुर्घटना, ७३ जनाको मृत्यु, चार सय पाँचजना गम्भीर घाइते तथा एक हजार तीन सय २० जना सामान्य घाइते भएका प्राप्त विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : ०७ बजे

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर– भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी– कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा