राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने « Khabarhub

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

शनिबार बसेको राप्रपा निर्देशन समितिको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

संविधान संशोधनको एजेण्डासहित नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भए पनि त्यसपछिका गतिविधिहरू विश्लेषण गर्दा विश्वासको मतको विपक्षमा मत दिनुपर्ने निष्कर्ष पुगेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। उनी असार ३० गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले नै ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : २९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल