आज २०८१ साल भदौ ४ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल भदौ ४ गते मंगलबारको राशिफल


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ ४ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट २० तारिख। भद्र कृष्ण पक्षको प्रतिपदा तिथि। आज गाइजात्रा। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : बुद्धिको प्रयोगले गरेको कामले समस्याको समाधान हुनेछ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। राजनीतिमा झुकाव रहनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारले संकटमा साथ दिनेछन्।

वृष : बोल्दा ख्याल गर्नुपर्ने दिन छ। बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। आफ्नो देशमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा सावधान बन्नुपर्ने दिन छ। परिवारमा सल्लाह गरेर गरेको काम सफल बन्नेछ।

मिथुन : आफ्नो अगाडि नै विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ। बोली र व्यवहारमा एकता आवश्यक छ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। तपाईंको पक्षमा न्याय हुने दिन छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

कर्कट : स्वास्थ्यमा समस्या हुनसक्छ। धन कमाउने बाटो धेरै भए पनि आफूले आफूलाई नबुझ्दा समस्या हुनसक्छ। मानिसलाई देखेर झर्को लाग्ने हुनसक्छ। परिवारले तपाईंको समस्या नबुझ्दा व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ।

सिंह : खर्च बढ्ने योग छ। खर्च कटौती गर्नुपर्ने दिन छ। परिवारले भन्दा बाहिरको व्यक्तिले दिने सुझाव उपयुक्त हुनसक्छ। राजनीतिक क्षेत्रमा झुटको खेती गर्नेसँग सचेत बन्नुपर्नेछ। प्राविधिक शिक्षाबाट राम्रो फाइदा हुनेछ। परिवारमा बौद्धिक सहकार्य हुने योग छ।

कन्या : तपाईंकै कारण साथीभाइ टाढा पुग्ने योग छ। सोचेत भएर बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्र विवादित छन्। आफू अगाडि सर्नु भन्दा परिवारमार्फत् लगानी गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

तुला : प्रतिभाको प्रयोग गर्ने दिन छ। तपाईंले कलाको माध्यमबाट धन प्राप्त हुनेछ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ। आज बनाएको योजना लामो समयसम्म जानेछ। परिवारको तर्फबाट रचनात्मक सहयोग मिल्नेछ।

वृश्चिक : धन आर्जन गर्ने दिन छ। बौद्धिक क्षेत्रमा वादविवादमा फस्ने जोखिम हुनसक्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : परिवारमा शान्त वातावरण बन्नेछ। समाजमा तपाईंको चर्चा हुने योग छ। धार्मिक क्षेत्रको मर्म बुझ्न नसक्दा संकट पर्नसक्छ। राजनीतिक क्षेत्रमा पदोन्नती हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : तपाईंको योजनाबाट अरुले लाभ लिनसक्छन्। राम्रो काम गर्दैछु भन्दा त्यसको अर्थ उल्टो लगाएर हाँस्ने साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। परिवारको सहयोगले दिन सहज बन्नेछ।

कुम्भ : चन्द्रमा तपाईंको राशिमा भएकाले मन शान्त हुनेछ। व्यापारमा फाइदा हुने योग छ। परिवारमा मेलमिलाप र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। ठगबाट सचेत बन्नु राम्रो हुनेछ। संकटबाट बच्न धार्मिक कार्यमा सहभागी हुनु फाइदाजनक हुनेछ।

मीन : थोरै बोलेर धेरै काम गर्ने दिन छ। तपाईंलाई असहयोग गर्ने साथी सक्रिय छन्। दैनिकी सहज भए पनि ठुलो योजना नबनाउनु राम्रो हुनेछ। बाहिरको खानपानले रोग बढ्ने भएकाले घरमा पकाएको खनु राम्रो हुनेछ। चिल्लो र पिरो खाएमा स्वास्थ्यमा जटिल समस्या हुनसक्छ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : १९ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा