एलन मस्कलाई सल्लाहकार बनाउन ट्रम्प तयार « Khabarhub

एलन मस्कलाई सल्लाहकार बनाउन ट्रम्प तयार


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार रहेका ट्रम्पले न्युज एजेन्सी रोयटर्ससँगको कुराकानीमा मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् ।

के मस्कलाई सल्लाहकार अथवा क्याविनेटमा स्थान दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्– ‘अवश्य पनि दिन्छु ।’

ट्रम्पले मस्कलाई अत्यन्तै बुद्धिमान व्यक्तिको संज्ञा दिँदै उनले चाहे सल्लाहकार अथवा मन्त्री पद दिन सकिने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

टेस्ला र स्पेस एक्सका मालिक मस्कले हालै सामाजिक सञ्जाल एक्स (ट्विटर) मा ट्रम्पको अन्तरवार्ता लिएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ११ : ५० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द