अगस्ट २३ मा प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाने « Khabarhub

अगस्ट २३ मा प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाने


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जाने भएका छन् । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई युक्रेन भ्रमणको निम्तो दिएका थिए । तेस्रो पटक निर्वाचित भए पछि भ्लादिमिर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा गएका मोदी अब युक्रेन जान लागेका हुन । रुस र युक्रेनबिच युद्ध जारी रहेको छ ।  

रुस नेतृत्वको तत्कालीन सोभियत संघवाट छुटेर युक्रेन सन् १९९१ मा छुट्टै राष्ट्र बनेको थियो । त्यसपछि कुनै पनि भारतीय प्रधानमन्त्री त्यहाँ गएका छैनन् । युक्रेनअघि प्रधानमन्त्री मोदी अगस्ट २१ र २२ मा पोल्याण्डमा हुनेछन् । पछिल्लो ४५ वर्षमा भारतीय प्रधानमन्त्रीको पोल्याण्ड भ्रमण यो पहिलो हो । यसअघि सन् १९७९ मा मोरारजी देसाई त्यहाँ गएका थिए ।

प्रधानमन्त्रीको युक्रेन भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सचिव तन्मय लालले भने, ‘भारतको रूस र युक्रेन दुवैसँग सम्बन्ध छ। प्रधानमन्त्रीले त्यहाँ रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पनि छलफल गर्नेछन् ।’

यसअघि प्रधानमन्त्री मोदी रुस गएका थिए, जहाँ धेरै विषयमा छलफल भएको थियो । पीएम मोदीले मार्च २० मा पुटिन र जेलेन्स्की दुवैसँग फोनमा कुरा गरेका थिए। उनले रुस–युक्रेन युद्धमा भारतको अडान दोहोर्‍याएका थिए । 

लालले भने कि प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग धेरै पटक कुरा गरेका छन्। पछिल्लो एक वर्षमा यस्ता धेरै भेटघाट पछि उनीहरु अब युक्रेनमा भेट्न लागेका हुन् । 

उनले अहिलेसम्म युक्रेनलाई १६ वटा औषधि, चिकित्सा उपकरण र विद्युत उत्पादन गर्ने प्याकेज दिइएको बताए । हालसम्म करिब १३५ टन राहत सामग्री त्यहाँ पठाइएको छ । सहयोग जारी राख्ने तरिकाहरू थप विचार गरिने छ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  २ : १७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण