विश्वमा मंकीपक्सको सङ्क्रमण बढ्दै, कंगोमा ५७० जनाको मृत्यु | Khabarhub Khabarhub

विश्वमा मंकीपक्सको सङ्क्रमण बढ्दै, कंगोमा ५७० जनाको मृत्यु


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  विश्वमा मंकीपक्सको सङ्क्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको सङ्क्रमण देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ ।

मंकीपक्सको सङ्क्रमण अफ्रिकी देशहरूमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

 प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशहरूमा फैलिएको छ । अमेरिकाले कंगोलाई संक्रमणसँग लड्नका लागि ५० हजार खोप दिन आग्रह गरेको बताइएको छ । जापानले सोमबार मात्र बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने बताएको छ ।

विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरेको छ । मंकीपक्सको प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउनुपर्ने डब्लुएचओले जनाएको छ । 

संगठनले मंकीपक्स र यसको फैलावटका घटनाहरूको छानबिन गर्न पनि आग्रह गरेको छ। डब्लूएचओले स्वास्थ्य विभागलाई हरेक हप्ता नयाँ केसको रिपोर्ट तयार गर्न भनेको छ ।

मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान, अनुगमन र सहयोग गर्नुपर्ने संस्थाले जनाएको छ । साथै संक्रमित मानिसहरूलाई खाना र अन्य सहयोग उपलब्ध गराउन तयार रहन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ३२ बजे

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक– सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र

अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन

बिसनपुर क्षेत्रका गाउँहरू नदी कटानको जोखिममा

गाईघाट– दिनहुँ वर्षाका कारण त्रियुगा नदीको बहाव बढ्दै गएपछि उदयपुरको

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको

राजावादी आन्दोलनमा ध्वस्त जडिबुटी कम्पनी तङ्ग्रिँदै (तस्बिरहरू)

काठमाडौं– गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको