पाकिस्तानमा ईश्वरको निन्दा गरेको अभियोगमा २५ वर्षको जेल सजाय « Khabarhub

पाकिस्तानमा ईश्वरको निन्दा गरेको अभियोगमा २५ वर्षको जेल सजाय


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा ईश्वरको निन्दाको आरोपमा दोषी ठहरिएका एक जनालाई २५ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको हैदरवादमा रहेको जिल्ला अदालतले उनलाई सो सजाय सुनाएको हो ।

उनलाई पाकिस्तानी अपराध संहिताको धारा २६५-एच ९२० बमोजिम दोषी ठहर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । जेल सजायबाहेक उनलाई ५ लाख पाकिस्तानी रुपैयाँ जरिवानासमेत तिराइएको छ ।

उक्त जरिवाना रकम तिर्न नसकेको खण्डमा उनले थप तीन महिना जेल बस्नुपर्ने सजाय सुनाइएको छ । सन् २०१८ मा आरोपीले बुहारा शहरमा केही मानिसहरूको अगाडि आफू ईश्वरको दूत भएको दाबी गरेको जनाइएको छ । पछि प्रत्यक्षदर्शीहरूले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ४२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण