कांग्रेस-एमालेलाई माधवको कटाक्ष- दुई नेताले मध्यराति गरेको सहीले केही हुनेवाला छैन « Khabarhub

कांग्रेस-एमालेलाई माधवको कटाक्ष- दुई नेताले मध्यराति गरेको सहीले केही हुनेवाला छैन


४ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने बताएका छन् ।

‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेका दुई ठूला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नभएको अध्यक्ष नेपालको भनाइ थियो । उनले संविधानले के दिएको र के नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा आफ्नो फरक मत नरहेको पनि बताए ।

‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ ।’ उनले जनता र देशका निम्ति समर्पित भएर रूपान्तर हुन नसक्नेले अरूलाई रूपान्तरण गर भन्ने हक नराख्ने बताए ।

‘जबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ’, अध्यक्ष नेपालले भने, ‘हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’

नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताए । नेपालका दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ६ : ०२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका