फरार सांसद केसीले लुम्बिनीका मुख्यमन्त्रीलाई दिए विश्वासको मत, प्रहरी हेरेको हेर्‍यै « Khabarhub

फरार सांसद केसीले लुम्बिनीका मुख्यमन्त्रीलाई दिए विश्वासको मत, प्रहरी हेरेको हेर्‍यै


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको फरार सूचीमा रहेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी ‘डीबी’ ले मुख्यमन्त्री चेतनारायण आचार्यललाई विश्वासको मत दिएका छन् ।

फौजदारी मुद्दामा प्रहरीको फरार सूचीमा रहेका सांसद केसीले मंगलबार प्रदेश सभा बैठकमा उपस्थित भएर आचार्यले मागेको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।

सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा केसीलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना हुने फैसला सुनाएको थियो । तर बहुदल परिवर्तनलगत्तै २०४८ मा भएको फैसला अहिलेसम्म कार्यान्वयन नभएपछि केसीले निर्वाचनमार्फत प्रदेशसभाको यात्रा पनि गर्न भ्याएका हुन् ।

केसीविरुद्ध मुद्दा भने उनकै श्रीमती राधा केसीले दायर गरेकी थिइन् । केसीले सम्बन्ध विच्छेदका लागि नक्कली कागजपत्र बनाएको भन्दै दायर गरेको मुद्दामा अदालतबाट दोषी ठहर गरेर सजाय तोकिएको थियो ।

अदालतको फैसलाअनुसार केसी सजाय भुक्तानका लागि योग्य मानिस हुन् । उनलाई अदालतको फैसला अनुसार प्रहरीले फरार सूचीमा रहेका राखेको छ ।

तर उनै सांसद केसीले ढुक्कले प्रदेश सभामा छिरेर मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न प्रहरी भने रमिते बन्यो, सुरक्षासमेत दिइरह्यो ।

अदालतबाट दोषी ठहर केसी सांसदको उम्मेदवार पनि बन्न अयोग्य हुनुपर्ने हो । तर उनी नेपाली कांग्रेसबाट टिकट लिएर रूकुमपूर्वको प्रदेश (ख) देखि लुम्बिनी प्रदेशसभा यात्रामा निस्किए ।

केसी संसद्‍मा छिरेर बाहिरिँदा त्यहाँ तैनाथ प्रहरी त मौन थिएन, उच्च प्रहरी अधिकारीहरूले पनि माथिको आदेश भन्दै उनलाई पक्राउका लागि तदारुकता देखाएनन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत

केसीसहित पक्षमा उभिँदा लुम्बिनी प्रदेश एमालेबाट मुख्यमन्त्री बनेका चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । 

मंगलबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो । त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको छ ।

एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : २५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका