सहकारीको बचत हिनामिना : संसदीय समितिको ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक « Khabarhub

सहकारीको बचत हिनामिना : संसदीय समितिको ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।

११ सय २४ पष्ठ लामो उक्त प्रतिवेदन बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमा सार्वजनिक गरेको हो ।

यसअघि भदौ ३१ गतेको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गरेका थिए । त्यसबेला उनले यो प्रतिवेदनमा मुख्य मुख्य कुराहरू प्रतिनिधिसभामा सुनाएका थिए ।

यसअघि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

प्रतिवेदन कार्यान्वयन गर्न विभिन्न मन्त्रालयमा पठाउन निर्णय भएको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

‘संसद्ले पठाएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन २०८१ लाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ’, उनले बुधबार साँझ भनेका थिए, ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई कार्यान्वयनका लागि पठाइन्छ ।’

सभापति थापाले प्रतिनिधिसभामा प्रस्तुत गरेको उक्त प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए।

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुस् 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १ : ४० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच