हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा  « Khabarhub

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए । 

दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आइडीएफ हवाई आक्रमणमा निशाना बनाइएको छ । लेबनानको राज्य(संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको छ र लेबनानले उत्तरी इजरायलमा सैन्य लक्ष्यहरूमा पनि आक्रमण गरेको छ । 

यस अघि लेबनानभरि पेजर र वाकीटकीमा भएको विस्फोटमा कूल ३७ जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका थिए । अर्कोतर्फ, इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको छ र आफ्नो शक्ति उत्तरमा केन्द्रित गरिरहेको बताएका छन् ।

अक्टोबर ८, २०२३ मा, गाजाबाट हमासका सशस्त्र लडाकुहरूले इजरायलमा आक्रमण गरे, त्यसपछि इजरायल र हिजबुल्लाह बीच तनाव जारी छ । त्यसबेलादेखि, हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धतामा इजरायली लक्ष्यहरूमा बमबारी जारी राखेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : ०३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर