नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता  « Khabarhub

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई निरुत्साहित हुन नदिन नीतिमा आवश्यक सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार ललितपुरमा उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारण सभा उद्‌घाटन गर्दै मन्त्री भण्डारीले तीन तहको सरकार बिचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न खोजेको भन्दै राज्यको नीतिमा पनि आवश्यक सुधार गर्ने बताएका हुन् । मन्त्री भण्डारीले नीजि क्षेत्रमा देखिएका निराशालाई अन्त्य गर्ने समेत बताए ।

आर्थिक मन्दीबाट समृद्धितर्फ मुलुकलाई अघि बढाउनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढिरहेको उनले बताए । मन्त्री भण्डारीले नेपालमा केही सम्भावना छैन भन्दै युवापुस्तामा निराशा जगाउने गरि भ्रम फैलाउने कोशिश भएकाले जनतामा सरकार मेरो हो भन्ने भावना जागृत हुनुपर्नेमा जोड दिए ।

वार्षिक साधारण सभाका अवसरमा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : १४ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको