नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता  « Khabarhub

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई निरुत्साहित हुन नदिन नीतिमा आवश्यक सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार ललितपुरमा उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारण सभा उद्‌घाटन गर्दै मन्त्री भण्डारीले तीन तहको सरकार बिचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न खोजेको भन्दै राज्यको नीतिमा पनि आवश्यक सुधार गर्ने बताएका हुन् । मन्त्री भण्डारीले नीजि क्षेत्रमा देखिएका निराशालाई अन्त्य गर्ने समेत बताए ।

आर्थिक मन्दीबाट समृद्धितर्फ मुलुकलाई अघि बढाउनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढिरहेको उनले बताए । मन्त्री भण्डारीले नेपालमा केही सम्भावना छैन भन्दै युवापुस्तामा निराशा जगाउने गरि भ्रम फैलाउने कोशिश भएकाले जनतामा सरकार मेरो हो भन्ने भावना जागृत हुनुपर्नेमा जोड दिए ।

वार्षिक साधारण सभाका अवसरमा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : १४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको