नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता  | Khabarhub Khabarhub

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई निरुत्साहित हुन नदिन नीतिमा आवश्यक सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार ललितपुरमा उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारण सभा उद्‌घाटन गर्दै मन्त्री भण्डारीले तीन तहको सरकार बिचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न खोजेको भन्दै राज्यको नीतिमा पनि आवश्यक सुधार गर्ने बताएका हुन् । मन्त्री भण्डारीले नीजि क्षेत्रमा देखिएका निराशालाई अन्त्य गर्ने समेत बताए ।

आर्थिक मन्दीबाट समृद्धितर्फ मुलुकलाई अघि बढाउनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढिरहेको उनले बताए । मन्त्री भण्डारीले नेपालमा केही सम्भावना छैन भन्दै युवापुस्तामा निराशा जगाउने गरि भ्रम फैलाउने कोशिश भएकाले जनतामा सरकार मेरो हो भन्ने भावना जागृत हुनुपर्नेमा जोड दिए ।

वार्षिक साधारण सभाका अवसरमा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : १४ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून