फिल्म ‘कल्ली’मा सौगातपछि भित्रिए अर्पण, बुद्धि र कमलमणि « Khabarhub

फिल्म ‘कल्ली’मा सौगातपछि भित्रिए अर्पण, बुद्धि र कमलमणि


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारपछि छायांकन हुने फिल्म ‘कल्ली’ अहिले चर्चामा छ । शीर्ष भूमिकामा रहने भनिएका नायक पल शाहलाई निर्माण पक्षले निकालेपछि यसको चर्चा चुलिएको हो ।

फिल्म ‘रावायण’ प्रदर्शनको दौरान पल शाहको पुरानो विवाद ‘नाबालिका बलात्कार’को विषयले चर्चा पायो । सोही घटनासँग सम्बन्धित विभिन्न तर्कले फिल्मको व्यापार कम भएको भन्ने चर्चा फिल्मीवृतमा छ ।

अहिले पललाई फिल्ममा लिन मेकरहरु हच्किएको अवस्था छ । उनलाई लिन चाहने मेकरहरु अहिले पछि हटेको अवस्था छ । यसको उदाहरण हो– ‘कल्ली’।

कागजी सम्झौता भइसकेपछि पनि निर्माण पक्षले पललाई ‘कल्ली’बाट निकालेको हो । उनको स्थानमा नायक सौगात मल्ल भित्रिएका छन् ।

निर्माण पक्षले शुक्रबार थप तीन कलाकारलाई भित्र्याएको जानकारी दिएको छ । जानकारीअनुसार नायक अपर्ण थापा, कलाकार बुद्धि तामाङ र कमलमणि फिल्ममा भित्रिएका हुन् । उनीहरुले निर्माण पक्षसँग कागजी सम्झौता गरिसकेका छन् । उनीहरुको भूमिकाबारे भने खुलाएइएको छैन ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘कल्ली’का लेखक र निर्देशक लक्ष्मण सुनार हुन् । फिल्मको पटकथा र संवाद महेश दवाडीको रहनेछ ।

निर्माता किरण नेपालीको प्रस्तुति रहेको यो फिल्मको छायांकन तिहारपछि हुने जनाइएको छ । प्रदर्शन मिति भने आगामी चैत २९ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ०१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको