कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण « Khabarhub

कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मिनभवनको कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट को–अपरेरिटभ लिमिटेडका ७ जना सञ्चालकले नै संस्थाबाट ३२ करोड बढी ऋण लिएको देखिएको छ ।

समस्याग्रस्त घोषणा गरिएको र अहिले संसदको विशेष छानबिन समितिको छानबिनमा परेको सो सहकारीका ७ जना सञ्चालकले संस्थाबाट ३२ करोड ४० लाख ८१ हजार ७०५ रुपैयाँ ऋण लिएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सहकारीका अध्यक्ष हिमालय बिक्रम मल्ल ठकुरी, सचिव जोगलाल लामा, कोशाध्यक्ष प्रेमध्वज लामा, सदस्यहरू नारायणप्रसाद रिसाल, सानुकान्छा लामा, इन्दु थापा र देवराज पराजुलीले उक्त रकम लिएका थिए । संस्थाले ऋण लिएको एउटै व्यक्तिलाई पटक–पटक ऋण दिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले २६ नियम विपरित जनालाई ८९ पटकमा १ अर्ब ८० करोड ७३ लाख २० हजार ८३६ रुपैयाँ ऋण प्रदान गरेको थियो । त्यस्तै, एकै समूहका ९ जना विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई ९२ करोड ९९ लाख ९४ हजार १६३ रुपैयाँ ऋण प्रदान गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

साथै सो संस्थाबाट ५० जना ऋणीहरूले कुल ऋणको ५७ प्रतिशत ऋण लिएको देखिएको छ । ती ऋणीहरूले सावाँ ब्याजसहित संस्थालाई बुझाउन ३ अर्ब ७४ करोड १३ लाख ३७ हजार ६५५ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रवाह गरेको ऋणको लागि आवश्यक धितो नभेटिएकोले उक्त ऋण असुल गर्न सकिन्छ भन्न नसकिने समितिले प्रतिवेदनमा विश्लेषण गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : ४४ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता