कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण « Khabarhub

कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मिनभवनको कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट को–अपरेरिटभ लिमिटेडका ७ जना सञ्चालकले नै संस्थाबाट ३२ करोड बढी ऋण लिएको देखिएको छ ।

समस्याग्रस्त घोषणा गरिएको र अहिले संसदको विशेष छानबिन समितिको छानबिनमा परेको सो सहकारीका ७ जना सञ्चालकले संस्थाबाट ३२ करोड ४० लाख ८१ हजार ७०५ रुपैयाँ ऋण लिएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सहकारीका अध्यक्ष हिमालय बिक्रम मल्ल ठकुरी, सचिव जोगलाल लामा, कोशाध्यक्ष प्रेमध्वज लामा, सदस्यहरू नारायणप्रसाद रिसाल, सानुकान्छा लामा, इन्दु थापा र देवराज पराजुलीले उक्त रकम लिएका थिए । संस्थाले ऋण लिएको एउटै व्यक्तिलाई पटक–पटक ऋण दिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले २६ नियम विपरित जनालाई ८९ पटकमा १ अर्ब ८० करोड ७३ लाख २० हजार ८३६ रुपैयाँ ऋण प्रदान गरेको थियो । त्यस्तै, एकै समूहका ९ जना विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई ९२ करोड ९९ लाख ९४ हजार १६३ रुपैयाँ ऋण प्रदान गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

साथै सो संस्थाबाट ५० जना ऋणीहरूले कुल ऋणको ५७ प्रतिशत ऋण लिएको देखिएको छ । ती ऋणीहरूले सावाँ ब्याजसहित संस्थालाई बुझाउन ३ अर्ब ७४ करोड १३ लाख ३७ हजार ६५५ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रवाह गरेको ऋणको लागि आवश्यक धितो नभेटिएकोले उक्त ऋण असुल गर्न सकिन्छ भन्न नसकिने समितिले प्रतिवेदनमा विश्लेषण गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : ४४ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार