रोशनीको बयान- सुप्रिम सहकारीको चेकबाट रवि लामिछानेको नाममा दुई करोड जम्मा गरेँ « Khabarhub

रोशनीको बयान- सुप्रिम सहकारीको चेकबाट रवि लामिछानेको नाममा दुई करोड जम्मा गरेँ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले रवि लामिछनेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको बयान दिएकी छन् ।

सहकारीका व्यवस्थापक सागर केसीको निर्देशनअनुसार आफूले उक्त रकम रविको खातामा जम्मा गरिदिएको बताएकी हुन् ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा समेटिएको बयानमा उक्त कुरा उल्लेख गरिएको छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनीले आफूले नै रवि नाममा सहकारीमा खाता खोलिदिएको बयान दिएकी हुन् ।

‘मलाई व्यवस्थापकले रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, निर्देशनअनुसार खाता खोलेको थिएँ । उक्त खतावाला को थिए मलाई थाहा भएन’, उनले भनेकी छन्, ‘यस विषयमा समाचारमा रोशनी गुरुङले पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरूले लिङ्क पठाउन थालेपछि के भएको भन्ने मलाई लाग्यो । संस्थामा व्यवस्थापक सागर केसीले भने अनुसार सबै काम गर्थ्यौँ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ४० बजे

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)