छविको बयान- प्रहरीमै हुँदा जीबी र दीपेशसँग चिनजान भएर पार्टनर बन्यौँ « Khabarhub

छविको बयान- प्रहरीमै हुँदा जीबी र दीपेशसँग चिनजान भएर पार्टनर बन्यौँ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पूर्व डीआइजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीले आफू जिल्ला प्रहरी परिसर काठमाडौंमा रहँदा दीपेश पुन र जीबी राईसँग चिनजान भएको बताएका छन् । 

उनले त्यसपछि राईसँग निरन्तर सम्पर्क रहँदा २०७५ सालबाट सेवावृत्त भएपछि पार्टनरसिपमा काम गरेको खुलाएका छन् । 

पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन । जोशीले ८ नम्बर सवालमा जवाफ दिने क्रममा यस्तो खुलाएका हुन् । 

उनले बयानमा भनेका छन्, ‘म जिल्ला प्रहरी परिसरमा रहँदा जीबी राई, दीपेश पुन लगायत केही साथीहरू काम लिएर आउनु भएको थियो । उक्त काम भएपछि हामी सम्पर्कमै रह्यौँ। म २०७५ सालमा सेवानिवृत्त भएपश्चात् पनि उहाँ मसँग सम्पर्कमै रहनु भएको थियो । उहाँले मलाई नेचर हर्ब्समा सहयोग गर्नु पर्‍यो भन्नुभयो । यस विषयमा मैले पूर्व महान्यायाधिवक्ता बाबुराम कुँवरसँग सल्लाह गरेँ । ऐन, नियमअनुसार म नेचर हर्ब्समा आबद्ध भएँ। गोरखा मिडिया नेटवर्क प्रालिमा पनि उहाँकै व्यावसायिक साझेदार बनेँ।’ 

उनले सहकारी समस्यामा परेपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखा परीक्षणअनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलमा २०७७ माघ २९ गते तपाईंको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा ११ फेब्रुअरी २०२१ मा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ, उक्त ब्यहोरा के कसो हो ? भनेर समितिले सोधेको प्रश्नको जवाफ दिँदै त्यसलाई सरासर झूट भनेका छन् । 

उनले भनेका छन्, ‘यो सरासर झूट हो । मैले उक्त रकम माग गरेको छैन र त्यसको समग्र प्रक्रियामा पनि सहभागी भएको छैन ।’ 

उनले बयानमा जीबी राई संलग्न भएको सरकारीबाट कहिले पनि ऋण नलिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ४७ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको