छविको बयान- प्रहरीमै हुँदा जीबी र दीपेशसँग चिनजान भएर पार्टनर बन्यौँ « Khabarhub

छविको बयान- प्रहरीमै हुँदा जीबी र दीपेशसँग चिनजान भएर पार्टनर बन्यौँ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पूर्व डीआइजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीले आफू जिल्ला प्रहरी परिसर काठमाडौंमा रहँदा दीपेश पुन र जीबी राईसँग चिनजान भएको बताएका छन् । 

उनले त्यसपछि राईसँग निरन्तर सम्पर्क रहँदा २०७५ सालबाट सेवावृत्त भएपछि पार्टनरसिपमा काम गरेको खुलाएका छन् । 

पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन । जोशीले ८ नम्बर सवालमा जवाफ दिने क्रममा यस्तो खुलाएका हुन् । 

उनले बयानमा भनेका छन्, ‘म जिल्ला प्रहरी परिसरमा रहँदा जीबी राई, दीपेश पुन लगायत केही साथीहरू काम लिएर आउनु भएको थियो । उक्त काम भएपछि हामी सम्पर्कमै रह्यौँ। म २०७५ सालमा सेवानिवृत्त भएपश्चात् पनि उहाँ मसँग सम्पर्कमै रहनु भएको थियो । उहाँले मलाई नेचर हर्ब्समा सहयोग गर्नु पर्‍यो भन्नुभयो । यस विषयमा मैले पूर्व महान्यायाधिवक्ता बाबुराम कुँवरसँग सल्लाह गरेँ । ऐन, नियमअनुसार म नेचर हर्ब्समा आबद्ध भएँ। गोरखा मिडिया नेटवर्क प्रालिमा पनि उहाँकै व्यावसायिक साझेदार बनेँ।’ 

उनले सहकारी समस्यामा परेपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखा परीक्षणअनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलमा २०७७ माघ २९ गते तपाईंको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा ११ फेब्रुअरी २०२१ मा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ, उक्त ब्यहोरा के कसो हो ? भनेर समितिले सोधेको प्रश्नको जवाफ दिँदै त्यसलाई सरासर झूट भनेका छन् । 

उनले भनेका छन्, ‘यो सरासर झूट हो । मैले उक्त रकम माग गरेको छैन र त्यसको समग्र प्रक्रियामा पनि सहभागी भएको छैन ।’ 

उनले बयानमा जीबी राई संलग्न भएको सरकारीबाट कहिले पनि ऋण नलिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ४७ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र