वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान  | Khabarhub Khabarhub

वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान 


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सञ्चालन गरेको वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान गरिएको छ ।

पालिकाले लामो समयको पहल पछि उक्त एक्स-रे मेसिनबाट सेवा सुरु गरेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।

अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्स-रे मेसिनबाट सेवा दिन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य विभागमार्फ करोड बढी मूल्यको विपियल. एम.आर एडि नामक डिजिटल मेसिन शुक्रबारदेखि प्रयोगमा ल्याइएको अध्यक्ष लामाले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष लामाले मन्त्रालयले उपलब्ध गराएको डिजिटल एक्स-रे मेसिनमा काठमाडौबाटै प्राविधिक ल्याएर प्रिन्टर र सफ्टवेयर जडान गरेर शुक्रबारदेखि सेवा सुरु गरिएको जानकारी दिए ।

उनले भने, ‘मेसिन आपूर्ति गर्न मन्त्रालयमा धाइरहेका थियौँ । पछिल्लो पटक सफल भयौँ।’ एक्स-रे मेसिन सञ्चालन गरेर पालिका बासी तथा जिल्लावासीलाई सहजरूपमा सर्वसुलभ स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएको उनले बताए।

नयाँ एक्स-रे मेसिन सञ्चालनका पालिकाले अस्पतालमा दक्ष जनशक्तिको समेत व्यवस्थापन गरेको हुँदा प्रिन्टर र सफ्टवेयर अद्यावधिक गरेर सेवा सुरु गरिएको वैतेश्वर अस्पतालकी प्रमुख डाक्टर निरामिका पाठकले बताइन् । नयाँ मेसिनबाट बिरामीलाई छिटो र गुणस्तरीय एक्स-रे सेवा दिन सकिने डाक्टर पाठकको भनाइ रहेको छ।

‘यसअघि अस्पतालमा रहेको प्रोटेवल एक्स-रे मेसिन बिग्रन थालेपछि नयाँ मेसिन माग गरेका थियौँ’, उनले भनिन्, ‘अध्यक्ष ज्युले महिनौँसम्म पहल गरेर एक करोड बढी मूल्य बराबरको एक्स-रे उपकरण व्यवस्थापन गरिदिनु भएको हुँदा अब अस्पताल आउने बिरामीले गुणस्तरीय सेवा पाउनेछन् ।’

उनका अनुसार अब बिरामीले सहज रूपमा  मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्स-रे गर्नका लागि अन्यत्र जानु नपर्ने बताइन्।

-सुबास बस्नेत

 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ०० बजे

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति