मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली « Khabarhub

मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली

मलेसियन अधिकारीले दिएका थिए कूटनीतिक पहलको जवाफ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा मिडिया नेट्ववर्कका अध्यक्ष गितेन्द्रबाबु राईलाई नेपाल प्रहरीको एउटा टोलीले मलेसिया पुगेर १० दिनसम्म खोजी गरेको खुलेको छ ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र मकवानपुरको सानोपाइलासहित आधा दर्जनबढी सहकारीबाट अर्बौँ रकम बचत अपचलन आरोप लागेका जीबीलाई खोज्न गएको प्रहरी खाली हात फर्किएको खुलेको हो ।

सहकारीको बचत अपचनलनमा संलग्न भएर फरार २९ जनामध्ये मुख्य अभियुक्त जिबीलाई खोज्न नेपाल प्रहरीले दुईजना अधिकृतको टोली  पठाए पनि उपलब्धिबिना नै फर्किएको खुलेको हो ।

सहकारी ठगीबारे छानबिन गर्न गठित सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष समितिको छानबिन प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

नेकपा एमालेका सांसद सूर्य थापा नेतृत्वको समितिको प्रतिवेदनमा जीबीको खोजीका लागि नेपाल प्रहरीले दुईजना अधिकारीलाई मलेसिया पठाएको कुरा उल्लेख छ । जीबी मलेसियामै लुकेको निष्कर्षका आधारमा गृहमन्त्रालयको निर्देशनमा जीबी खोज्न गत भदौ ७ गते दुईजना प्रहरी मलेसिया गएका थिए। तर १० दिनसम्मको कोसिस ब्यर्थ भएपछि उक्त टोली भदौ १७ गते खालीहात काठमाडौं फर्किएको थियो ।

गृहमन्त्रालयले संसदीय समितिलाई उपलब्ध गराएको विवरणअनुसार भदौ ७ गते प्रहरी उपरीक्षक र प्रहरी नायब निरीक्षकसहित दुईजना अधिकारी मलेसिया पुगेका थिए ।

मलेसियामा उनीहरूले नेपाली दूतावासका डीसीएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीसँगको अनौपचारिक भेटघाटका क्रममा यसबारे सरकारले नै उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने जवाफ मिलेको प्रतिवेदनमा लेखिएको छ ।

मलेसियन प्रहरीसँग फोन सम्पर्क गरेर विवरण माग्दा जीबीबारे कूटनीतिक तहमा छलफल भइरहेकोले केही डिस्क्लोज गर्न नमिल्ने जवाफ दिएको पनि प्रतिवेदनमा लेखिएको छ ।

‘मलेसियामा गएर नेपाली दूतावासका डीसीएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीसँगको अनौपचारिक भेटघाटबाट यसबारे उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने भनी जवाफ आएको थियो । एनसीबी काठमाडौंबाट एनसीबी क्वालालम्पुरलाई बारम्बार इमेलमार्फत् प्रतिवादीसम्बन्धी थप जानकारी माग गरिएकोमा कुनै जवाफ नआएपछि फोन सम्पर्क गर्दा जीबीबारे  कूटनीतिक तहमा छलफल भइरहेकोले केही डिस्क्लोज गर्न नमिल्ने बताएको,’ प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : २५ बजे

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ