चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त « Khabarhub

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरूका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार्यालयमा आवागमनसम्बन्धी तथ्याङ्क चुस्तदुरुस्त रुपमा राख्ने उद्देश्यले विद्युतीय हाजिरको व्यवस्था गरिएको कार्यालयले स्पष्ट गरेको छ ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार गत साउन १ गतेदेखि विद्युतीय हाजिरको व्यवस्था गरिएको हो । जिल्ला कार्यसमितिका ६७ जना, क्षेत्र, प्रदेश र पालिका समितिका १६ जना सभापति र पाँच जना कर्मचारीसमेत गरी जम्मा ८८ जनाको हाललाई विद्युतीय हाजिरीमा अभिलेख हुने व्यवस्था गरिएको छ ।

सभापति खनालले भने, ‘पार्टी कार्यालयमा जडान गरिएको विद्युतीय हाजिरी अपहरणअघि उभिएपछि हाजिरी हुन्छ, जिल्लास्थित तोकिएका नेताहरू पार्टी कार्यालय आउँदा हाजिर गर्ने परिपाटी सुरु भएको छ, यसलाई अझ व्यवस्थित, प्रभावकारी, प्रविधिमैत्री र जवाफदेही बनाउँदै नवीन सोचका साथ जिल्ला पार्टी कार्यालय सञ्चालन गर्दछौँ ।’

चितवनबाट सुरु भएको हाजिरी व्यवस्थापनसम्बन्धी प्रविधिमा आधारित अभ्यास क्रमशः अन्य जिल्ला कार्यालयमा पनि सुरु हुने विश्वास व्यक्त गर्दै उनले देश र जनताका पक्षमा स्थापित जिम्मेवार राजनीतिक पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता सदैव सेवाका साथ मुलुक र जनताप्रति समर्पित हुनुपर्ने धारणा व्यक्त गरे । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया