कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत | Khabarhub Khabarhub

कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको उत्पादन बढाउन यस क्षेत्रको व्यवसायिकरण गर्न जरुरी रहेको बताएका छन् ।

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज धनगढीमा आयोजना गरेको ‘आपूर्ति व्यवस्थापन र उपभोक्ता अधिकार’ सम्बन्धी अन्तरक्रियामा उनले कृषि उत्पादन बढाउन सकिएमा आत्मनिर्भर हुन सकिने बताए।

नेपालमा झण्डै ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेपनि उत्पादनमा उनीहरूको करिब २५ प्रतिशत मात्रै योगदान रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा महतले भने, ‘लागत बढी हुँदा कृषि पेशामा त्यति आकर्षण बढ्न सकिरहेको छैन, त्यसले बजार पनि पाउन सकिरहेको छैन ।’

कार्यक्रममा सरोकारवालाहरूले बजार नियन्त्रणमा नहुँदा उपभोक्ताले उपभोग्य सामग्रीमा चर्को मूल्य तिर्नुपरेको, पहुँचवालाको हालीमुहाली हुँदा वास्तविक किसानले अनुदानलगायत सुविधा पाउन नसकिरहेको जस्ता समस्या सुनाएका थिए ।

उनीहरूले सरकारले अनुदान दिँदा लागतमा नभएर उत्पादनमा दिनुपर्ने, कृषिलाई मर्यादित पेशा बनाउन त्यसअनुसारको नीति बनाएर कार्यान्वयन गर्नुपर्ने र अहिलेको आपूर्ति व्यवस्थापनमा सुधार गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ५६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग