उदयपुरमा छिमेकीबाटै आमाछोराको हत्या, ३२ वर्षीय युवक पक्राउ « Khabarhub

उदयपुरमा छिमेकीबाटै आमाछोराको हत्या, ३२ वर्षीय युवक पक्राउ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

कारिब १५ दिन लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजानिक गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आरोपी पक्राउ परेको बताएका छन् ।

‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

गत भदौ २० गते बिहान पसल भएको घरमा मृत भेटिएका आमाछोराको हत्या स्थानीय ३२ वर्षीय ताराबहादुर मगरबाट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अभियुक्त ताराबहादुरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीर हानेर विभत्सरुपमा आमाछोराको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिवादी मगरको नाममा किटानी जाहेरी परिसकेको छ । प्रतिवादीलाई उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी योगीले जानकारी दिए ।

कटारी नगरपालिका-१० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुसलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

श्रीमान् अशोक थापा तीनवर्षअघि गाउँकै राई थरकी महिलासँग दोस्रो विवाह गरेर भारतको राजस्थान पलायन भएका थिए । त्यसपछि निर्मला नाबालक छोरासँग गाउँमै होटल र किराना पसल चलाउँदै बसेकी थिइन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : २३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।