उदयपुरमा छिमेकीबाटै आमाछोराको हत्या, ३२ वर्षीय युवक पक्राउ | Khabarhub Khabarhub

उदयपुरमा छिमेकीबाटै आमाछोराको हत्या, ३२ वर्षीय युवक पक्राउ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

कारिब १५ दिन लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजानिक गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आरोपी पक्राउ परेको बताएका छन् ।

‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

गत भदौ २० गते बिहान पसल भएको घरमा मृत भेटिएका आमाछोराको हत्या स्थानीय ३२ वर्षीय ताराबहादुर मगरबाट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अभियुक्त ताराबहादुरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीर हानेर विभत्सरुपमा आमाछोराको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिवादी मगरको नाममा किटानी जाहेरी परिसकेको छ । प्रतिवादीलाई उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी योगीले जानकारी दिए ।

कटारी नगरपालिका-१० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुसलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

श्रीमान् अशोक थापा तीनवर्षअघि गाउँकै राई थरकी महिलासँग दोस्रो विवाह गरेर भारतको राजस्थान पलायन भएका थिए । त्यसपछि निर्मला नाबालक छोरासँग गाउँमै होटल र किराना पसल चलाउँदै बसेकी थिइन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : २३ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका