ब्रेकिङ स्टोरी

ढल्किँदो साँझमा धपक्क बलेको धरहरा (तस्बिरहरू)

By खबरहब

September 20, 2024

काठमाडौं- निर्माण थालिएको नौ वर्षपछि खुलेको काठमाडौंस्थित धरहरा अहिले सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

एक सातासम्म नि:शुल्क चढाउने भनिएपछि धरहरा परिसरमा दैनिक सयौँ सर्वसाधारणको भिड लागेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुलाइएको हो ।

निर्माणका क्रममा ६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार फेरि उद्घाटन गरेर सर्वसाधारणलाई खुलाइएको हो।

हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरामा चढ्ने व्यवस्था गरिएको छ ।

धरहरा चढ्न अनलाइनबाट टिकट बुकिङ गर्न सकिने छ। सर्वसाधारण झुम्मिन थालेपछि धरहरा परिसरलाई चिटिक्क बनाइएको छ ।

साँझको समयमा धरहरा परिसर बिजुली बत्तीका कारण लोभ लाग्दो देखिएको छ । बत्तीले धपक्क बलेको धरहरा परिसरमा सर्वसाधारण झुम्मिइरहेका छन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी