महिला फुटबल : एपीएफ विजयी | Khabarhub Khabarhub

महिला फुटबल : एपीएफ विजयी


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एन्फा महिला लिगमा एपीएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपीएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो । 

प्रतियोगितामा यो एपीएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपीएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । 

जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अंक जोडेको  छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा छ । एपीएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ३२ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा