फाइल फोटो

खेलकुद

महिला फुटबल : एपीएफ विजयी

By खबरहब

September 20, 2024

काठमाडौं– एन्फा महिला लिगमा एपीएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपीएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो । 

प्रतियोगितामा यो एपीएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपीएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । 

जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अंक जोडेको  छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा छ । एपीएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ ।