सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ « Khabarhub

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि खोस्ने खेल भैरहेको बताएका छन् । 

शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा प्रशिक्षण तथा कार्यक्रम शुभकामना कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष डा.राउतले संविधान संशोधनको मुद्दा देखाएर संविधानमा भएका अधिकारहरू पनि कटौती गर्ने कांग्रेस-एमलेले रणनीति रहेको आरोप लगाए । 

उनले संविधानमा दिएको अधिकार पनि खोस्ने प्रयास  भैरहेको बताउँदै थप अधिकार सम्पन्न हुनेगरि संविधान संसोधन गर्नुपर्नेमा जोड दिए ।

देशमा अलग अलग विचारका दुई ठूला पार्टी मिलेर बनेको सरकारले अनिष्ट र विनाशको सङ्केत दिएको अध्यक्ष डा. राउतले दाबी गरे । उनले नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गरेर समानुपातिक समावेशी प्रणाली खारेज गर्न लागि परेको बताए । 

उनले भने, ‘अमेरिकामा दुई पार्टी छन्, दुई पार्टी कहिल्यै मिलेर सरकार बनाउँदैनन् । एउटा आकाश र एउटा पाताल जस्तै हुन् । भारतमा विजेपी–काँग्रेस मिले के हुन्छ रु नेपालमा कांग्रेस र एमाले कसरी मिले रु आकाश–पाताल मिलेका छन् । यो अनिष्ट र विनाशको संकेत हो । संविधान संशोधनको लागि मिलेको भन्छन् ।’

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ५१ बजे

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन