नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती, शतक बनाउन चुके कुशल « Khabarhub

नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती, शतक बनाउन चुके कुशल


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको चुनौती दिएको छ।

तेस्रो क्रममा ब्याटिङमा आएका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा नटआउट ९२ रन बनाए।

ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल साहले ३१ बलको सामना गर्दै २५ रन जोडे। उनले दुई चौका र एक छक्का प्रहार गरे। गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे। कप्तान रोहित पौडेलले १४ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाए।

अनिल शाह र कुशल भुर्तेल । तस्बिरः क्यान

दीपेन्द्रसिंह ऐरीले भने तीन बलमा २ रनमात्र जोड्न सके। आरिफ शेख १ रन बनाएर आउट भएको खेलमा एक बल खेल्न मैदान पुगेका करण केसीले छक्का प्रहार गरे। कमजोर सुरुवात गरेको नेपालको मध्यक्रम चल्दा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो।

नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ। तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो।

यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन्। यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन्। रोहितकुमार पौडेलको कप्तानीमा नेपालको प्लेइङ-११ मा अनिल शाह, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सागर ढकाल समावेश छन्।

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : २७ बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै