बोर्नमाउथसँग २-० ले पराजित हुँदा आर्सनललाई उपाधि यात्रामा धक्का « Khabarhub

बोर्नमाउथसँग २-० ले पराजित हुँदा आर्सनललाई उपाधि यात्रामा धक्का


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित आर्सनल बोर्नमाउथसँग २-० ले पराजित भएको छ। भियाली रङ्गशालामा भएको खेलमा विलियम सालिबाले रेड कार्ड पाएका हुन्। उनको क्यारियरको यो पहिलो रेड कार्ड समेत थियो।

लियो नार्डो ट्रोसकार्डले खराब पास दिएपछि एभानिल्सनले दबाब दिएका थिए। सो दबाब रोक्ने क्रममा सालिबाले रेड कार्ड पाएका थिए।

लगातारको दबाबको सामना गरिरहेको आर्सनल ७० औं मिनेटसम्म विपक्षीलाई रोक्न सफल भए पनि नियमित समय सकिन २० मिनेट बाँकी रहँदा रेन क्रिस्टेले गोल गरे। त्यसको ९ मिनेट पछि जस्टिन क्लुभर्टले अर्को गोल गरे।

हारपछि उपाधि होडमा आर्सनलाई ठुलो धक्का लागेको छ। सत्रको पहिलो पराजयको सामना गरेको आर्सनल ८ खेलमा १७ अङ्कसहित तेस्रो स्थानमा छ। एक खेल कम खेलेका लिभरपुलको १८ तथा म्यानचेस्टर सिटीको १७ अङ्क छ। अस्टन भिल्लाको पनि १७ अङ्क छ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : १७ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास

काठमाडौं– अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष