मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित « Khabarhub

मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुका मोड्रिच रियल म्याड्रिडको तर्फबाट मैदानमा उत्रने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्। ३९ वर्षीय उनी शनिबार राति भएको स्पेनिस ला लिगाको सेल्भा भिगोसँगको खेलमा मैदानमा प्रवेश गरेपछि नै सो कीर्तिमान बनेको हो। खेलमा रियल म्याड्रिड २-१ ले विजयी भयो।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका उनको पासमा ६६ औँ मिनेटमा भिन्सियस जुनियरले विजयी गोल गरेका थिए।

२० औं मिनेटमा एडुवार्डो काभाभिङ्गासँगको समन्वयमा केलिएन एम्बाप्पेले पहिलो गोल गरेका थिए। ५१ औं मिनेटमा सेल्टाभिगोका विलियट स्विटबर्गले एक गोल फर्काएका थिए।

स्पेनिस ला लिगाका अन्य खेलमा एथलेटिको क्लबले इस्पानियोललाई ४-१ ले, रियल बेटिसले ओसासुनलाई २-१ ले र रियल सोसिडाडले गिरोनालाई १-० ले हराएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको